प्रधानमन्त्रीलाई काँगे्रस सांसद रिजालको जवाफ ः यो सरकारको आयु चुनाव नहुँदासम्म मात्र हो
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अहिलेको सरकारको आयु ५ वर्षमात्र भएको टिप्पणी गरेका छन् ।
आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आउँदो चुनावपछि मलाई सरकारमा बस्न मन छैन भन्ने प्रतिक्रिया दिएपछि नेता रिजालले यस्तो बताएका हुन ।
प्रधानमन्त्रीको संवोधन लगतै विशेष समयमा बोल्दै कांग्रेस सांसद रिजालले प्रधानमन्त्रीलाई काउन्टर दिएका हुन् । रिजालले भने ‘ठीक हो प्रधानमन्त्रीज्यू, यस्तो काम गरेपछि त अर्कोपल्ट कांग्रेसबाहेक अरु कसको सरकार बन्नै सक्दैन ।’
प्रधानमन्त्री ओलीले आफ्नो संबोधनका क्रममा आफूहरुले लोकतन्त्रका लागि लडेर आएको भन्दै लोकतन्त्रप्रतिको प्रतिवद्धतामा प्रश्न नउठाउन आग्रह गरेका थिए ।
जवाफमा सांसद रिजालले एक पटक लोकतन्त्रका लागि लड्दैमा जीवनभर जे गर्न पनि लाइसेन्स नपाइने उल्लेख गरे ।
कांग्रेस सांसद रिजालले प्रधानमन्त्री ओली तन्दुरुस्त र स्वस्थ देखेर खुशी लागेको बताएका छन् ।