समाचार

अछाममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते

अछाम÷ अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । । ३ जना घाइते भएका छन् ।
बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा बुधबार राति करीब साढे ८ बजे भएको दुर्घटना भएको छ ।
रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से१ज ९९५ नंको जीप जयगढ–माझेठाना सडकखण्डअन्तर्गत सुकिबागमा बुधबार राति करिब साढे ८ बजेतिर सडकबाट करीब ५०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ बस्ने काले परियार र बैतडी घर भएका सवारी चालक लाल बोहराको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जङ्गीर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी घाइते भएका छन् । उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

nema
Show More

Related Articles

Back to top button