breakingसमाचार

नेपालको परराष्ट्र नीति भद्रगोल भएको केवी गुरुङको आरोप÷ वीपीले प्रतिपादन गरेको परराष्ट्र नीति देशको हितमा रहेको दाबी

२४ भाद्र, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सभापति केवी गुरुङले नेपालको परराष्ट्र नीति भद्रगोल बन्दै गएको आरोप लगाएका छन् । समाजले १ सय ६ औैँ वीपी जयन्तीको अवसरमा राजधानीको धुम्ब्रबराह पर्र्टी प्यालेसमा ‘वीपी कोइराला, नेपाली काँगे्रस र परराष्ट्र नीति’ विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा नेता गुरुङले नेपालको परराष्ट्र नीति कमजोर बनेको तर्क गरेका हुन् । पूर्व मन्त्री समेत रहेका नेपाली काँगे्रसका नेता गुरुङले वीपीले प्रतिपादन गरेको परराष्ट्र नीति देशको हितमा रहेको स्पष्ट पारे ।
कार्यक्रममा परराष्ट्रविद् एवं पूर्व प्रधानमन्त्री स्वर्गीय शुसिल कोइरालाका सल्लाहकार डा. दिनेश भट्टराई, प्रोफेसर डा. सुवोध नारायण झाले बीपी कोइराला, नेपाली काँगे्रस र नेपालको परराष्ट्र नीतिका बारेमा संवोधन गरेका थिए । अन्तरक्रियामा उठेका विभिन्न प्रश्नहरुको डा. भट्टराई तथा झाले प्रकाश पारेका थिए ।
कार्यक्रममा पूर्व सभामुख एवं नेपाली काँगे्रसका पूर्व महामन्त्री तारानाथ रानाभाटले वीपीले प्रतिपादन गरेको परराष्ट्र नीतिलाई वेवास्ता गरिँदा नेपाल परराष्ट्र मामिलामा कमजोर बन्दै गएको बताए । कार्यक्रमका विशिष्ट अतिथि रानाभाटले वीपीका सिद्धान्तलाई वेवास्ता गर्दा नेपाली काँगे्रस र देशको अवस्था दयनीय बन्दै गएको उल्लेख गरे ।
कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गदै समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले वीपी कोइरालाले आफ्नो १८ महिने सरकारको नेत्रित्व गर्दा विभिन्न देशहरुसँग सफल कुटनीतिक संवन्ध स्थापित गर्न सफल भएको तर्क गरे । उनले वीपीको दुरदर्शी सिद्धान्तकै कारण भारत तथा चीनसँग समान हैसियतको संवन्ध स्थापित गरेको बताए ।
यसैबीच, समाजले खोजमुलक तथा अनुसन्धानात्मक लेख तयार गरि ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका केही प्रमुख योद्धाहरु’नामक पुस्तक प्रकाशन गर्नको लागि क्रमश प्राध्यापक डा. विजय मिश्र, प्रा.डा रामचन्द्र पोखरेल, प्रा.डा निरसिँह कुमार खत्री, डा.जगतप्रसाद पराजुली,प्रा.डा. रत्नमणि नेपाल, डा. ज्योति उपाध्याय, डा। राजेन्द्रप्रसाद रेग्मी, प्रा।डा टंक न्यौपाने, श्री गिरिराज आचार्य, डा।.बद्धिनारायण गौतम, डा। इश्वरीराज लौडारी र पत्रकार ठाकुर बेलबासेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
उक्त पुस्तकको विमोचन २०७६ साल पौष १६ गते हुने मेलमिलाव दिवशको उपलक्ष्यमा विमोचन गर्ने योजना रहेको समाजका केन्द्रीय महासचिव चन्दले जानकारी दिए ।
जननायक विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलाव नीति अबलम्बन गरि २०३३ पौष १३ गते ८ बर्ष लामो भारत निर्वासन परित्याग गरि नेपाल फर्किनुभएको सन्दर्भमा उल्लेखित राष्ट्रिय मेलमिलावको नीतिका सन्दर्भमा श्री कुलबहादुर गुरुङको भूमिका र योगदान तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा केवी गुरुङको जीवनी तथा भूमिका स्पष्ट हुने गरि खोजमुलक तथा अनुसन्धानात्मक लेख तयार गरि पुस्तक प्रकाशन गरिने महासचिव चन्दले स्पष्ट पारे ।
नेपालका प्रजातान्त्रिक योद्धा बुद्धसिंह रानाको बारेमा खोजमुलक तथा अनुसन्धानात्मक लेख तयार पार्ने जिम्मा डा। इश्वरीराज लौडारीले पाएका छन । त्यसैगरि लालध्वज गुरुङको बारेमा डा राजेन्द्रप्रसाद रेग्मी, सरोज कोइरालाको बारेमा डा। जगतप्रसाद पराजुली, दुर्गानन्द झाको बारेमा डा। बद्रीनारायण गौतम, तेजबहादुर अमात्यको बारेमा डा। ज्योति उपाध्याय, केवी गुरुको बारेमा पत्रकार ठाकुर बेलबासे, दिवांनसिंह राईको बारेमा प्रा। डा। निरसिंह कुमार खत्री, भिमनारायण श्रेष्ठको बारेमा गिरिराज आचार्य, यज्ञबहादुर थापाको बारेमा प्रा।डा। टंक न्यौपाने, योगेन्द्रमान शेरचनको बारेमा प्रा। डा रामचन्द्र पोखरेल, जगतप्रकाश जंग शाहको बारेमा प्रा।डा। रत्नमणि नेपाल, तथा रामनारायण मिश्रको बारेमा प्रा।डा विजय मिश्रलाई सोधात्मक सामाग्री तयार पार्ने जिम्मेवारी दिइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button