विश्व
भारतीय र चिनियाँ सैनिकबीच झडप
भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ ।
दुई तिहाई क्षेत्र चीनको नियन्त्रणमा रहेको पूर्वी लद्दाखमा झडप भएको हो । भारतीय सैनिक गस्तीमा गएको विरोधमा दुई पक्षबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
झडपपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । झडपपछि भारत र चीनका सेनाबीच ब्रिगेडियर (सेनाको एक तह) स्तरीय छलफल गर्ने सहमति भएको जनाइएको छ ।
