breakingनेपाली कांग्रेस

बाँके जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोधमा काठमाडौैँमा कांग्रेसको विरोध प्रदर्शन

राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोधमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको अगुवाईमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । झण्डै आधा घन्टा धर्ना दिएका उनीहरुले ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ भन्ने ब्यानर बोकेका थिए ।
कांग्रेस जिल्ला सभापतिहरु शनिबार नै गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर दोषीलाई कारबाहीको माग गरेका थिए । गृहमन्त्री थापाले काँगे्रस जिल्लासभापतिहरुलाई दोषीलाई कारवाही गर्ने आश्वासन दिएका थिए ।

nema
Show More

Related Articles

Back to top button