विश्व
काश्मीरमो भूकम्पमा मृत्यु हुनेको संख्या २२ पुग्यो
८ असोज, काठमाडौैँ÷ पाकिस्तानको काश्मीर क्षेत्रमा गएको भूकम्पमा परि मृत्यु हुनेको सङख्या २२ पुगेको छ । ६ दशमलव ३ म्याग्निच्यूडको भुकम्पबाट ३ सय जना घाईते भएको बीबीसीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । पाकिस्ताको राजधानी इस्लामाबादबाट १३४ किलोमिटरको दूरीमा पाकिस्तान अधिकृत क्षेत्र काश्मीरको मीरपुर केन्द्रविन्दु भएर भूकम्प गएको भारतीय तथा पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पको केन्द्र ४० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ । भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो । भकम्पले सडक र भौतिक संरचना भत्किएको छ । भूकम्पको धक्का भारतको दिल्ली र र उत्तरप्रदेश आसपास क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ । भूकम्प पीडितको राहतमा सुरक्षाकर्मी र सरकारी निकाय खटिएको पाकिस्तानको सेनाले जनाएको छ ।