समाचार

चीनको सत्तारुढ पार्टीका नेता स्वदेश फिर्ता

८ असोज, काठमाडौैँ÷ काठमाडौमा आयोजित अन्तरक्रियामा सहभागि हुन नेपाल आउनुभएका चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका नेताहरु आज स्वदेश फर्किएका छन् । पार्टीका विदेश विभाग प्रमुख सोङ ताव नेतृत्वमा आएको टोली दुई दिने प्रशिक्षण सकेर आज बेइजिङ फर्किएको हो । उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको बेला दुइ देशका सत्तारुढ कम्युनिस्ट पार्टी बिच भएको विचारधारात्मक छलफललाई चासोका साथ हेरिएको छ । कार्यक्रममा दुइ पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।

nema
Show More

Related Articles

Back to top button