breakingनेपाली कांग्रेस

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन ः काङ्ग्रेस नेता खाँण

८ असोज, चितवन । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले चीनको जस्तो शासन नेपालमा स्वीकार्य नहुने बताएका छन् ।
प्रेस युनियन चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउनको लागि भोट नहालेको दाबी गरेका हुन । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै नेता खाँणले चीनमा जनताले मतदान गर्न नपाउने बताए ।
सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने धारणा राखे ।
सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै काङ्ग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले आश्वासन दिएका छन् । पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली काङ्ग्रेस रहेको स्पष्ट पारे ।
काङ्ग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै नेता खाँणले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताए ।

nema
Show More

Related Articles

Back to top button