यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ ।
उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताए ।
महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका थिए । तर संसद सचिवालयको सूचनामा यसबारे केही उल्लेख छैन ।
महराको राजीनामा स्विकृत भएसँगै सभामुखको पद रिक्त भएको छ । यो सँगै नयाँ निर्वाचनका लागि बाटो खुल्ला भएको छ ।
जबकी महराको निजी सचिवालयले छानविन प्रक्रिया पूरा भइसकेपछि उनी पुनः जिम्मेवारीमा र्फकने दाबी गदै राजीनामा दिएका थिए । तर कानुनविद्हरुले संविधानमा यस्तो ब्यवस्था नभएको दाबी गरेका छन् ।
