समाचार

नेपालको विकासमा विज्ञान र प्रतिधिको भूमिका महत्वपूर्ण छ ः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपालको सपना पूरा गर्न विज्ञान र प्रविधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमवार काठमाडौमा उद्घाटन गर्दै उनले विज्ञान र प्रविधि क्षेत्रको विकासबाट मात्र मुलुक समृद्ध बन्ने दाबी गरे । विकासको गति तिव्र बनाउनको लागि प्रविधिको विकास बिना असम्भव हुने उनको भनाई थियो ।
सोही कार्यक्रममा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले नेपाललाई विज्ञान र प्रविधिको क्षेत्रमा अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिए । अन्तर्राष्ट्रिय समुदायबाट नेपालले प्रविधिको ज्ञान लिनु पर्ने भन्दै उनले नेपालका युवाहरुलाई प्रविधितर्फ आकर्षित गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे । तीन दिनसम्म चल्ने सम्मलेलनमा २० देशका करिव ३ सय युवा वैज्ञानिकहरुले सहभागिता जनाएका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button