समाचार

त्रिशूली नदीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

धादिङ – धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खस्दा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यस्तै प्रकाश श्रेष्ठ, शेखर मगरको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

nema
Show More

Related Articles

Back to top button