समाचार
र्यापर समिर तामाङ ‘भिटेन’लाई मुद्दा चलाउने तयारी
काठमाडौँ÷ प्रहरीले चर्चित र्यापर समिर तामाङ ‘भिटेन’लाई मुद्दा चलाउने तयारी गरेको छ । उनले प्रहरी पोशाकमा चुरोट खाइरहेको तस्बिर फेसबुक प्रोफाइल तस्बिर बनाएका थिए।
बिहीबार बिहान पक्राउ परेका र्यापर ‘भिटेन’लाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अभद्र व्यवहार गरेको आरोपमा म्याद थप्ने तयारी गरेको जनाएको छ ।
‘हामी यस्तै त हो नि ब्रो’ गीत गाउने र्यापर भिटेनका शब्दहरु आपत्तिजनक र अश्लील रहेको भन्दै प्रहरीमा निवेदन पुगेको थियो । यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरेको थियो । सार्वजनिक माफी मागेपछि गायक दुर्गेसलाई छाडिएको थियो ।
