breakingसमाचार

उपनिर्वाचनको लागि आचारसंहिता लागू

काठमाडौं ÷ निर्वाचन आयोगले उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ। आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि शुक्रबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको पूर्णपालना गर्न पनि सरोकारवाला सबै निकायलाई आग्रह गरेका छन्। निर्वाचन आयोगले सो आचारसंहिता पालना नभए निर्वाचन ऐनअनुसार कडा कार्वाही गर्ने चेतावनी समेत दिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनका मतदाता नामावली अन्तिम रुप दिई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाई सकिएको पनि जनाएको छ। आयोगका प्रवक्ता श्रेष्ठले निर्वाचन अधिकृतहरुको नियुक्तिको काम सम्पन्न भई आगामी कार्तिक १४ र १५ गते काठमाडौं, विराटनगर र नेपालगंजमा उनीहरुलाई अभिमुखीकरण तालिम दिने कार्ययोजना पनि सार्वजनिक गरिएको जानकारी दिए।
आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षासम्बन्धी सामग्रीहरुको छपाईको कामलाई पनि तीव्रता दिएको छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आगामी कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ भने कात्तिक २७ गते स्थानीय तहका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नेछन।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button