महंगो उपहार दिएको आरोप लागेपछि जापानका मन्त्रीले दिए राजीनामा
जापानका व्यापारमन्त्रीमाथि मतदाताहरुलाई महँगो फलफूल र गँगटो उपहार दिएको आरोप लागेपछि राजिनामा दिएका छन् । निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको आरोप लागेको छ । जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन समेत रोक लगाएको छ ।
साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक भएका थिए ।
जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो। सो पत्रिकाले सुगावाराले पठाएको उपहारहरूको सूची र उनलाई धन्यवाद भनिएका पत्रहरू प्रकाशित गरेको थियो।
सुगावाराले शुक्रवार आफूले निर्वाचन कानुन तोडेको हो कि होइन भन्ने कुरा अध्ययन गरिरहेको तर राजीनामा गर्ने निर्णय गरेको बताएको बिबिसीले जनाएको छ ।