Uncategorized

काँगे्रस कमजोर हुँदा लोकतन्त्रनै खतरामा ः डा. शेखर कोइराला

नेपाली काँगे्रसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीका भातृ संस्थाहरु कमजोर हुँदा काँगे्रस कमजोर भएको टिप्पणी गरेका छन् । राजधानी काठमाडौैँमा रहेको रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै नेता कोइरालाले भातृ संस्था कमजोर भएकै कारण पार्टीले कुनै पनि आन्दोलन प्रभावकारी ढंगले सन्चालन गर्न नसक्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका भातृ संगठनको अधिवेशन समयमै गर्न पहल नगरेको कोइरालाको जिकिर छ । काँगे्रस कमजोर हुँदा लोकतन्त्रनै कमजोर बन्दै गएको जिकिर गदै उनले देशनै कमजोर बन्दै गएको दाबी गरे ।
केपी ओली नेतृत्वको सरकारकै कारण संघीयता धरापमा पर्न थालेको नेता कोइरालाको तर्क छ । सरकारको पछिल्लो गतिविधिले जनतामा संघीय ब्यवस्थाप्रतिनै निराशा छाउन थालेको उनको भनाई छ । फरक प्रसंगमा कुराकानी गदै नेता कोइरालाले नेपालका सबै राजनीतिक दलमा नैतिकता र संस्कार हराइसकेको उहाँले स्पष्ट पारे । अहिले नेपालका सवै राजनीतिक पार्टीमा नैतिकता र संस्कार हराउँदै गएकाले संघीयताप्रतिनै जनता शसंकित भएको उनको दाबी छ ।
 

nema
Show More

Related Articles

Back to top button