समाचार
सिंहदरवारभित्रको पुरानो संसद भवन भत्काउन निर्देशन
२९ पुष, काठमाडौैँ÷ संसदीय समिति अन्तरगत विकास तथा प्रविधि समितिले सिंहदरबारभित्र रहेको पुरानो संसद् भवन भत्काउन निर्देशन दिएको छ । पुनर्निर्माण प्राधिकरणको सचिवको उपस्थितिमा संसदीय समितिले आज पुरानो संसद भवन भत्काउन निर्देशन दिएको हो । विसं. २०७२ सालको महाभूकम्पले उक्त भवनको अधिकांश भागमा क्षति पुगेको थियो । भवन भत्काएर कस्तो संरचना बनाउने भने टुंगो लागिसकेको छैन ।
