समाचार

बेल्जियमा गोली प्रहार गरि ३ जनाको हत्या ।

काठमाडौं, जेठ १६ । बेल्जियमको लिज शहरमा एक व्यक्तिले गोली प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ ।
लिज शहरको मध्य भागमा अज्ञात व्यक्तिले गोली प्रहार गरी दुई प्रहरी र एक बटुवाको हत्या गरेका हुन ।
प्रहरीले गरेको कारबाहीमा आक्रमणकारीको समेत मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
ती व्यक्तिले छुरा देखाई प्रहरीको हतियार खोसेर आक्रमण गरेका थिए ।
शहरको मध्य भागमा रहेको एक माध्यमिक विद्यालय नजिकै गरिएको आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।
लिजका दण्डाधिकारीको कार्यालयका प्रवक्ता क्याथरिन कलिगननले आक्रमणकारीले के उद्देश्यले आक्रमण गरेको हो भन्ने खुल्न नसकेको बताए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button