नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ नेविसंघ को एक समूहले नेतृत्वका लागि उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यलयमा आमरण अनसन सुरु गरेपछि दुई पक्षबीच झडप भएको छ । केन्द्रीय कार्यलय सानेपामा पार्टीको केन्द्रीय समितिको बैठक बस्नुअघि नै पूर्वमहामन्त्री कुन्दन काफ्लेसहितको समूह आमरण अनसनमा बसेपछि संस्थापन पक्षसँग निकट कार्यकर्ताहरूले हातपात गरेका थिए ।
दुईपक्षबीच केही बेर तनाव र झडप भएको थियो। झडपलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । संभावित मुठभेडलाई ध्यानमा राखेर कांग्रेस कार्यलयमा सुरक्षाकर्मीहरु तैनाथ रहेका छन्। झडपका क्रममा पूर्वमहामन्त्री काफ्ले र कमल पन्तलगायत केही घाइते भएका छन्। अनसनमा बस्ने तयारी गरेका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्सदै भापति शेर बहादुर देउवालाई समेत रोक्न खोजेका थिए । दिउँसो १ बजे बस्ने भनिएको बैठक झडप र तनावका कारण सुरु भएको छैन ।