breakingसमाचारविचारवी पी विचार

नेपाल टी-२० लिगमा फार वेस्टर्नको पहिलो जित

नेपाल टी-२० लिगमा फार वेस्टर्न युनाइटेडले पहिलो जित निकालेको छ। सोमबार भएको दिनको पहिलो खेलमा फार वेस्ट युनाइटेडले काठमाडौँ नाइट्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौँले खराब ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। जवाफमा उक्त लक्ष्य फार वेस्टर्नले ५ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गर्‍याे।

फार वेस्टनलाई जित दिलाउन कप्तान हस्मतुल्लाहा साहिदीले अविजित ५० रनको अर्धशतकीय इनिङ खेले। उनलाई करण केसीले ८ रन बनाएर साथ दिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाउँदा उसका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउनु सर्वाधिक रह्यो।

काठमाडौँले दोस्रो खेलमा पहिलो हार भोगेको हो। उसले पहिलो खेलमा जित निकाल्दै अङ्क तालिकामा २ अंक जोडेको छ। जितसँगै फारवेस्टको पनि दुई अङ्क रहेको छ। पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो।

उनीबाहेक कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाएर पेभिलियन फर्किए। थप दोहोरो स्कोरका रुपमा सन्तोष कार्कीले १२ रन जोडेका थिए। फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी र भुवन कार्कीले समान २-२ विकेट हात पार्दा शेर मल्लले १ विकेट लिए।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button