समाचार

साढे ३३ केजी सुन प्रकरणका नाइके गोरेविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस

प्रहरी अधिकारीकै मिलेमतोमा नेपालमा संगठित सुन तस्करी गदै आएका चुडामणि उप्रेती(गोरे) को नाममा अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ । प्रहरीका अनुसार साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको जनाएको छ ।
इन्टरपोलको सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गोरेकोको खोजी गरेर नेपाल प्रहरीलाई बुझाउने छन् ।
साढे ३३ केजी सुन तस्करी एवं उर्लाबारीका सनम शाक्यको हत्या योजनाकार उप्रेतीले नै महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकारीलाई घटना बारे जानकारी गराएका थिए । तर, टोली विराटनगर पुग्दा नपुग्दै उनी फरार भइसकेका थिए ।
महाशाखाका अधिकारीले ५ करोड रुपैयाँको डिलिङमा शाक्यको शव व्यवस्थापन गर्ने जिम्मेवारी लिएको आरोप छ । तर महाशाखाका तत्कालिन प्रमुख दिवेश लोहनीले त्यसलाई अश्विकार गदै आएका छन् ।
हरेक गतिविधि तत्कालिन महानिरीक्षक प्रकाश अर्याललाई जानकारी गराएरै भएको भन्दै तत्कालिन महाशाखा प्रमुख लोहोनीले सरकारद्वारा गठित छानबिन समिति समक्ष बयान दिएका छन् ।
यो प्रकरणमा गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायत फरार रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न हालसम्म २७ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् । ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button