समाचार

एमसीसी बारे हतारमा निर्णय गर्न नहुने सभामुख सापकोटाको प्रतिक्रिया

१३ माघ, काठमाडौैँ÷ नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बारे बहस भइरहेको भन्दै निर्णयका लागि हतार गर्न नहुने प्रतिक्रिया दिनुभएको छ । आज सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्दै सभामुख सापकोटाले एमसीसीबारे हतार गर्न नहुने बताउनुभएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ लिएपछि उहाँ सिंहदरबार पुग्नुभएको थियो ।
फरक प्रसंगमा उहाँले आफूविरुद्ध सर्वोच्च अदालतमा रहेको रिटका बारेमा अदालतमा रहेको प्रक्रियाका बारेमा धेरै बोल्नु ठिक नहुने समेत बताउनुभएको छ । आफूले सभामुखको गरिमा उच्च राख्नको लागि निश्पक्ष ढंगले काम गर्ने समेत आश्वासन दिनुभएको छ ।

nema
Show More

Related Articles

Back to top button