breakingसमाचार

नेविसंघको तदर्थ समिति चयन, ६ महिनाभित्र अधिवेशन गर्न निर्देशन

१६ माघ, काठमाडौैँ÷ नेपाल विद्यार्थी संघको तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगाना चयन हुनुभएको छ । नेपाली काँग्रेसले आज एक विज्ञप्तिमार्फत दुई महामन्त्री समेत चयन गरेको छ । महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णयअनुसार, नेविसंघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिएको हो । तदर्थ समितिलाई ६ महिनाभित्र १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । निवर्तमान अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि लामो समय नेविसंघ नेतृत्वविहीन भएको थियो । नेविसंघमा लामो समयदेखि ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भनेर विवाद थियो ।
३२ वर्ष मुनिको समिति आउनुपर्ने माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विद्यार्थी नेता नवराज त्रिपाठी आमरण अनशनमा बसिरहनुभएको छ ।

nema
Show More

Related Articles

Back to top button