समाचार

आर्थिक बर्ष २०७६÷७७ आज बाट सुरु

१ साउन, काठमाडौैँ÷ नयाँ आर्थिक बर्ष सुरु भएसंगै आज बाट बिभिन्न नितिहरु लागु हुने भएका छन । नयाँ आर्थिक बर्ष २०७६÷७७ आज बाट सुरु भएसंगै सरकारले ल्याएका बिभिन्न निति तथा प्रावधान लागु हुने भएको हो । आर्थिक वर्ष २०७६ ÷०७७ का लागि निर्धारण गरिएको आयकरको दर आज बाट लागु हुदैछ । त्यस्तै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग लिँदै आएको भिसा शुल्कमा गरेको वृद्धि पनि आज बाटै कार्यान्वयनमा आएको छ ।
आज बाट नै सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले आज देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो । त्यस्तै आज बाट पुँजीगत लाभकर ५ प्रतिशत मात्र तिरे हुने भएको छ । राजश्व अनुसन्धान विभागले सुरु गर्न लागेको भेहिकल ट्रयाकिङ सिस्टम पनि आज बाटै लागु हुदैछ । देशभित्र मालवस्तुको आन्तरिक ओसारपसारको निगरानी अनलाइन प्रणालीबाट गर्ने गरी यो सिस्टम लागु गर्न लागिएको हो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button