समाचार

हेटौैडा अस्पतालमा कोरोना भाइरसको उपचारको लागि छुट्टै उपचार कक्ष निर्माण

२४ माघ, काठमाडौैँ÷ मकवानपुरको हेटौँडा अस्पतालले कोरोना भाइरसको उपचारको लागि छुट्टै कक्ष तयार गरेको छ । भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएको छ । सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन । भाइरसको लक्षण देखिए तत्काल रगतको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन पुग्ने गरेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button