केन्द्रदेखि वडासम्म प्यानल बनाएर निर्वाचन लड्ने पद्धति काँग्रेसका लागि घातक : जोशी
२५ माघ, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजका सहसभापति एवं नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले काँगे्रसलाई पुरानै अवस्थामा फर्काउने सम्भावना रहेको बताउनुभएको छ । वीपी विचार राष्ट्रिय समाज दाङ जिल्ला समितिको आयोजनामा घोराहीमा शनिवार भएको अन्तरक्रिया कार्यक्रममा जोशीले पार्टीलाई बलियो बनाउने आधार प्रसस्तै रहेको बताउनुभयो । पार्टीभित्र गुटबन्दी समाप्त भएपछि मात्र नेपाली काँगे्रसलाई पुरानै अवस्थामा फर्काउन सकिने उहाँको दाबी छ ।
केन्द्रदेखि वडासम्म प्यानल बनाएर चुनाव लडेकै कारण पार्टी कमजोर भएको उहाँको तर्क छ । त्यसैले पार्टीभित्र गुटबन्दीको अन्त्य गर्न नेपाली काँगे्रसको चौैधौैँ महाधिवेशनमा केन्द्रदेखि वडासम्म प्यानल बनाएर निर्वाचन लडने पद्धतिलाई अन्त्य गर्न सकियो भने गुटबन्दीको अन्त्य हुने उहाँको दाबी छ ।
वीपी कोइरालाले आफ्नो आत्मवितान्तमा भन्नुभएको ‘काँगे्रसले सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ त्यो बेला नेपाली काँगे्रस निरर्थक भएर जान्छ’ । भन्ने कुरा सुनाउँदै नेता जोशीले काँगे्रसको अहिलेको अवस्थाको नतिजा त्यसैको परिणाम भएको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले वीपी कोइरालाले नेपाली काँगे्रस बनाउनुभएको र वीपी बाहेक सवै नेतालाई नेपाली काँगे्रसले बनाएको उल्लेख गर्नुभएको छ । वीपी कोइरालाले विचार दिनुभएको हुनाले नेपाली समाजमा उहाँ अमर हुनुभएको चन्दको दाबी छ ।
सोही कार्यक्रमका समाजका सदस्य एवं पूर्व राज्यमन्त्री सुरेन्द्र हमालले वीपीको विचारलाई तल्लो तहका कार्यकर्ताहरु माझ पु¥याउनु आवश्यकता रहेकोमा जोड दिनुभएको छ । समाजका सभापति रमेशकुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति कृष्ण बहादुर केसीले स्वागत भाषण गर्नुभएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली काँगे्रसका पूर्व सभापति गेहेन्द्र गिरी, दिलकेशरी गौतम, घनश्याम रेग्मी, सभापति किर्तिबहादुर खड्का, काँगे्रस नेता बमबहादुर जिसी, नेपाल महिला संघले जिल्ला सभापति गोमा राउत, नेपाल शिक्षक संघ केन्द्रीय उपमहासचिव सुशिला सुवेदी, काँगे्रस नेता युवराज बस्नेत, नेका जिल्ला कोषाध्यक्ष सावित्री राना, वीपी विचार राष्ट्रिय समाजका सल्यानका सभापति नेत्रलाल ओली, प्युठानका सभापति इश्वर बिष्ट, रुकुमपूर्वका सचिव सरिता विसी, नेका दाङ जिल्ला उपसभापति कमानसिँह क्षेत्री, वीपी विचार राष्ट्रिय समाज प्रदेश नंवर ५ का उपसभापति अरुणसिँह राठोर, पूर्व सांसद बुद्धिराम भण्डारीले वीपी विचार समाज दाङले नेपाली काँगे्रसलाई बलिया बनाउन अहिलेजस्तै सक्रिय र सकारात्मक भूमिका निर्वाह गरोस भनि शुमकामना ब्यक्त गर्नुभएको थियो ।
वीपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्द
