विश्व

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

२९ माघ, काठमाडौैँ÷ चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाका ज्यान गएसँगै मृतकको संख्या ११ सय ७ पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना संक्रमित फेला परेका छन । योसँगै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ सय ३८ पुगेको छ । वुहान शहर र आसपासका मानिस बढी प्रभावित भएका छन् । भाइरसका कारण एक जना अअमेरिकी नागरिकको मृत्यु भएको छ भने हङकङ र फिलिपिन्समा पनि एक एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेको सङ्ख्या ११ सय नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनको दाबी छ । कोरोनाबाट हालसम्म २५ देश प्रभावित भएको बीबीसीले जनाएको छ । महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा उपचार तथा रोकथामको प्रयास सुरु गरेको छ ।
यसैबीच, डब्लूएचओले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने दाबी गरेको छ । डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले कोरोनाको नाम ‘कोभिड १९’ नामाकरण गरिएको जानकारी दिनुभयो । कोरोनाप्रतिको भ्रम हटाउन पनि यसको नामाकरण गरेको उहाँको भनाई छ ।

nema
Show More

Related Articles

Back to top button