विश्व

भक्तपुरको खरिपाटीमा राखिएका १७५ नेपालीमा कोरोनाभाइरस भेटिएन

७ फागुन
चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोनाभाइरस नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपालीमा कोरोना भाइरस नदेखिएको बताउनुभएको हो । प्रवक्ता श्रेष्ठका अनुसार चीनबाट उद्धार गरेर ल्याइएपछि गत आइतबारदेखि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन क्षेत्रमा बसिरहेका १७५ जनाबाट लिइएको ‍¥यालको नमुनाको परिक्षण गर्दा सबैमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको हो ।
उनीहरु सबैजनाबाट लिइएको नमुनाको परिक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । प्रयोगशालाले हिजो साँझ सबैको रिपोर्ट दिएको बताउँदै प्रवक्ता श्रेष्ठले अहिले कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको बताउनुभयो । उहाँले अब फेरी १४ दिन पछि सबैबाट पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वावको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर परीक्षण गरिने जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button