विश्व

गैरकानुनी आप्रवासी नियन्त्रणमा इटलीको जोड

रोम, असार ८ । इटलीले युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्न जोड दिएको छ ।
सीमामा कडाइ गर्न तथा गैरयुरोपेली आप्रवासीहरूको प्रवाह रोक्नका लागि १० ईयू सदस्य राष्ट्रका नेताहरू आफ्ना योजना तय गर्न आगामी आइतबार ब्रसेल्समा भेला हुँदैछन ।
लिबियाको अस्तव्यस्तता र हिंसाका कारण भागेका अधिकांश अफ्रिकी आप्रवासीहरूका लागि इटली अहिले मुख्य आगमन केन्द्र बनेको छ ।
इटलीको नयाँ गठबन्धन सरकारले कागजात नभएका पाँच लाख आप्रवासीहरूलाई फिर्ता पठाउन चाहान्छ । इटलीका प्रधामन्त्री जुजेपे कोन्टेले एउटा ईयू देशबाट अर्कोमा आप्रवासीहरूलाई सार्नुभन्दा तिनको आगमनको प्रवाह रोक्न जोड दिएका छन् ।
आप्रवासीमध्ये सिरियाली युद्ध वा अन्य द्वन्द्वबाट भागेका शरणार्थीहरू छन् ।
तीसँग सामान्यतया शरण पाउने अधिकार छ । अघिल्लो हप्ता इटलीले ६ सय ६० जना आप्रवासी बोकेको एउटा जहाजलाई भित्रिन नदिएपछि उसको फ्रान्ससँग कूटनीतिक विवाद भएको थियो ।

nema
Show More

Related Articles

Back to top button