breakingसमाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाजको बझाङ सभापतिमा रामचन्द जोशी

१९ फागुन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाज बझाङको सभापतिमा रामचन्द जोशीलाई नियुक्त गरिएको छ । तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गरी कार्यसमिति विस्तार गर्ने जिम्मेवारीका साथ जोशीलाई सभापतिमा नियुक्त गरिएको समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशीले जानकारी दिनुभयो ।
 
समाजको विधानको २०६९ ९संशोधन एवं परिमार्जजन सहित २०७१ र २०७६ ० को धारा १३ को उपधारा २ अनुसार जोशीलाई जिल्ला सभापतिको जिम्मेवारी प्रदान गरिएको हो । समाजको विधानको पूर्ण पालना गरि संस्थाको उदेश्य अनुसार कार्य गर्न नवनियुक्त जिल्ला सभापतिलाई निर्देशन दिइएको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिनुभयो ।  जोशीले बैशाख महिनामित्र जिल्ला अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति विस्तार गर्ने बताउनुभएको छ ।
 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला
https://www.youtube.com/watch?v=6xbb4fTLcRI

nema
Show More

Related Articles

Back to top button