समाचार

सुनको भाउले आज पनि बनायो नयाँ रेकर्ड

२२ फागुन
नेपाली बजारमा आज सुनको भाउ इतिहासकै उच्च भएको छ । .हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा आज पनि तोलाको २ सय रूपैयाँ बढेको हो । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ७ सयमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला ८० हजरा ४ सय र चाँदी प्रति तोला ८ सय ८० मा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला २२ सय रुपैँयाले बढेर सुनको मूल्य ८० हजार ५ सयमा कारोबार भएको थियो । आज सोही मूल्यमा २ सय बढेको हो ।
यसैगरी नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर ८ सय ८० पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button