समाचार

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल र सिंगापुरको खेल रद्ध

२३ फागुन
थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज हुने भनिएको नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ । वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध गरिएको हो ।
आज बिहान बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे खेल शुरु हुने तय भएको थिययो । तर पिच खेल्न लायक नभएपछि साढे दुई घण्टासम्म पनि टस हुन सकेन र खेल रद्ध भएको एसीसीले जनाएको छ ।
प्रतियोगितामा सिंगापुरले यसअघि नै लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ । उता उपाधि जित्ने लक्ष्य लिएर थाइल्याण्ड गएको नेपाल भने शुरुवाती दुई खेलमा हार बेहोरेपछि लक्ष्य पूरा गर्न असफल भएको छ । आजै मलेसिया र हङकङबीच अर्को खेल हुँदैछ । उक्त खेलको विजता पनि एसिया कप क्वालिफायरमा छनोट हुनेछ ।

nema
Show More

Related Articles

Back to top button