breakingसमाचार

‘छिट्टै म काममा फर्किन्छु’ः प्रधानमन्त्री ओली

२३ फागुन, काठमाडौैँ÷ प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै काममा फर्कने विश्वास व्यक्त गर्नुभएको छ । । आज बिहान प्रधानमन्त्री ओलीलाई भेटेर फर्किनुभएका उहाँका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले छिट्टै काममा फर्किने बताउनुभएको जानकारी दिनुभएको हो । प्रधानमन्त्रीलाई भेटेपछि सामाजिक सञ्जाल ट्वीटरमा रिमालले सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो भन्दै उहाँले प्रधानमन्त्रीको स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको उल्लेख गर्नुभयो ।
बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्रो सुधार देखिएको चिकित्सकहरूले पनि बताएका छन् ।

nema
Show More

Related Articles

Back to top button