समाचार

भरतमोहन अधिकारीको निधनप्रति प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभाको मंगलवार बसेको बैठकले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गरेको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा, २०६३ सालको प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य रहेका थिए । उनी २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि रहेका थिए ।

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ बर्षको उमेरमा फागुन १८ गते शनिवार राजधानीको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

बैठकले स्वर्गीय अधिकारीले राज्यलाई पुर्याएको योगदानको उच्च सम्मान गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दे एक मिनेट मौन धारण समेत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार अपरान्ह १ बस्नेछ ।

nema
Show More

Related Articles

Back to top button