समाचार

आज अन्तराष्ट्रिय नारी दिवस

२५ फागुन,काठमाडौैँ÷ आज अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।
 
नेपालमा पनि सरकारी तथा निजी स्तरबाट दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरेको छ । यद्यपी आजका लागि तय गरिएको औपचारिक कार्यक्रमहरु भने स्थगित गरिएको छ । हाल विश्वमा फैलिँदै गएको कोरोना भाइरस कोभिड–१९ का कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै यसअघि तय कार्यक्रम स्थगित गर्ने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ‘समानताको पुस्ता ः अन्त्य गरांै हिंसा, विभेद र असमानता’ राष्ट्रिय नारा तय गर्दै काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज औपचारिक कार्यक्रमको तयारी गरेको थियो ।  विश्व नारी दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा लगायतले शुभकामना दिनुभएको छ ।

nema
Show More

Related Articles

Back to top button