breakingसमाचार

वीपी विचार राष्ट्रिय समाजको बाग्लुङ जिल्ला समिति गठन

२५ फागुन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको बाग्लुङ जिल्ला समिमि गठन भएको छ । एक महिना भित्र अधिवेशन सम्पन्न गर्नेगरी अधिवक्ता निरञ्जन राजभण्डारीको संयोजकत्वमा जिल्ला कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिमा उपप्राध्यापक गणेशप्रसाद शर्मालाई सचिवको जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी सहसचिवमा लक्ष्मी जिसी कार्कीलाई चयन गरिएको छ । यस्तै कार्यसमितिमा तत्कालको लागि सदस्यहरुमा प्राचार्य जगन्नाथ आचार्य, धुव्रराज गौतम,अधिवक्ता भुमिश्वर शर्मा गौतम,महिला अधिकारकर्मी सकुन्तला शर्मा, अधिवक्ता अखिलनाथ शर्मा, पत्रकार शिवराज पन्त, पत्रकार प्रकाश बराल,अधिवक्ता हरिप्रसाद गौतम, उपप्राध्यापक नरेन्द्र बुढाथोकीलाई चयन गरिएको वीपी विचार समाज बाग्लुङले जनाएको छ ।
 
वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य चिरन्जिवि शर्माको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँगे्रस बाग्लुङका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा पार्टी सभापति थापाले वीपीको विचारलाई पार्टीभित्र स्थापित गर्नको लागि समाजले प्रमुख भूमिका खेलेको बताउनुभयो । शुभकामना मन्तब्य राख्दै उहाँले वीपीको विचारलाई काँग्रेसले आत्मसाथ गर्न नसक्दा दिनप्रतिदिन कमजोर बन्दै गएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य चिरन्जिवी शर्माले वीपी कोइरालाको अबलम्बन गरेको विचारलाई काँगे्रसले गलत ढंगले विश्लेषण गरेको दाबी गर्नुभएको छ । वीपीको विचारलाई आत्मसाथ गर्न नसक्दा पार्टीले निरन्तर ओरालो लाग्दै गएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नगरसभापति महेन्द्र सापकोटा, महाधेवशन प्रतिनिधि कृष्ण शंकर श्रेष्ठ लगायतले आफ्ना धारणा राख्नुभएको थियो । उहाँहरुले नेपाली काँग्रेसमा वीपी कोइरालाको योगदानका बारेमा चर्चा गरेका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button