breakingसमाचार

बाँस्कोटा निवासमा आतंककारी समूहले विस्फोट गराएको प्रचण्डको ठम्याई

२८ फागुन, काठमाडौैँ÷ काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा भएको विस्फोटको भर्त्सना गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ले बुधबार बिहान एक विज्ञप्ती जारी गर्दै बाँस्कोटाको निजी निवासमा भएको बम विस्फोटको भर्त्सना गर्नुभएको हो ।
प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमा आतंककारी समूहले बम प्रहार गरेर बाँस्कोटाको निजी निवासमा क्षति पुर्‍याइएको भन्दै निन्दा गरिएको छ ।
प्रचण्डले घटनामा संलग्न ‘अपराधी’लाई तत्काल नियन्त्रणमा लिइ कानूनानुसार कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
भक्तपुरको मध्यपुर नगरपालिका–१ लोकन्थलीस्थित बाँस्कोटाको निवासमा बुधबार बिहान विस्फोट भएको थियो ।
विस्फोटबाट घरका सिसाहरु चर्किनुका साथै पर्खालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button