breakingसमाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि अस्पताल भर्ना

१४ चैत्र, काठमाडौैँ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको छ । गएराति ११ बजे प्रधानमन्त्री ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएको गएराति स्पताल भर्ना गरिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
 
प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि आज बिहानसम्म स्थिति सामान्य बनिसकेको अस्पताल स्रोतले बताएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्यासिंह शाहले बताउनुभयो । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।
 
दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताउनुभएको थियो । प्रधानमन्त्री ओली गत फागुन ३० गते मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किनुभएको थियो । उहाँलाई डिस्चार्ज गर्ने बेला संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका थिए ।

nema
Show More

Related Articles

Back to top button