breakingसमाचार

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो, एकै दिन थप ३ मा संक्रमण पुष्टि

१७ बैशाख, काठमाडौैँ
नेपालमा आज एकैदिन थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमित तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जको रहेको बताइएको छ ।
 
तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए । गत आइतबार पनि वीरगन्जका दुईजनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये एकजना महानगरका सफाईशाखामा काम गर्ने कर्मचारी रहेका थिए ।
 
आज पुष्टि भएका संक्रमित तीनै जनालाई नारायणी अस्पताल लैजाने तयारी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

nema
Show More

Related Articles

Back to top button