समाचार

कोरोनाले पारेको प्रभाव कम गर्न सरकारलाई काँगे्रसले सरकारलाई दवाब दिने

२४ बैशाख, काठमाडौैँ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न सरकारलाई दबाब दिने बताउनुभएको छ । आज कांग्रेस संसदीय दलले गरेको अन्तक्रियामा देउवाले विपक्षी दलको काम सरकारलाई दबाब दिने भएको उल्लेख गर्नुभयो । सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा बोल्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओली कहाँ व्यवसायीका समस्या र्पुयाउने प्रतिबद्धता जनाउनुभएको छ ।
कोरोनाका कारण विदेशमा रोजगारी गुमाउने संख्या बढेको उहाँले बताउनुभयो । रोजगारी गुमाउँदा रेमिट्यान्स घट्नुका साथै बजेटमा प्रभाव पार्ने देउवाको भनाइ छ। उहाँले रोजगारी गुमाएर फर्कनेका लागि व्यवस्थापन गर्न सरकारलाई सुझाउनुभयो । सभापति देउवाले पर्यटन क्षेत्रमा कोरोनाले सबैभन्दा बढी असर गरेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उद्योगी, व्यवसायीले ऋणको व्याजदर घटाउन गरेको आग्रहलाई सरकारको ध्यानाकर्षण गराउने बचन उहाँले दिनुभयो । कांग्रेसले विभिन्न क्षेत्रका अगुवाहरुलाई आमन्त्रण गरेर कोरोनाले निम्त्याएको समस्याका विषयमा अन्तक्रिया गरेको थियो।

nema
Show More

Related Articles

Back to top button