समाचार

बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि

२४ बैशाख, काठमाडौैँ
बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको बहराइनस्थित नेपाली दुतावासले जनाएको छ ।सङ्क्रमित सबै नेपालीको अवस्था सामान्य रहेको र बहराइन सरकारले नै उपचार गरिरहेको दूतावासले जनाएको छ ।
बहराइनमा अहिलेसम्म ३ हजार ७ सय २० जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये १ हजार ७ सय ६२ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमध्ये कति नेपाली निको भए भनेर जानकारी दिइएको छैन । बहराइनमा कोरोनाका कारण ८ जनाको ज्यान गएको छ ।

nema
Show More

Related Articles

Back to top button