समाचार

बसको ठक्करवाट तीन जनाको मृत्यु

१३ जेष्ठ, तनहुँ÷ बसको ठक्करबाट तनहुँमा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिवार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आइतवार बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख ३० ८२ नंको बसले विपरीत दिशामा गुडिरहेको ना५५प १५९४ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत व्यासनगरपालिका–१२ स्थित कमलबारीमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा सेरवा गाउँपालिका राज राय, सोही स्थान निवासी धिरज चौधरीको गयररातिनै घटनास्थलमा मृत्यु भएको हो । उक्त बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button