१८ जेठ, काठमाडौैँ
कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा १८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो ।
कर्णाली प्रदेशका कालिकोट र दैलेख गरी दुई जिल्लामा थप १८ संक्रमित भेटिएका हुन् । योसँगै कर्णाली प्रदेशमा अहिलेसम्म कूल १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १४ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । २ सय १९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोनाबाट संक्रमणबाट अहिलेसम्म ७ जनाको मृत्यु भएको छ ।
