समाचार

नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन

२० जेठ, काठमाडौैँ
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा छलफल गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो ।
नेपाल प्रहरीभित्र महिला सेल भएकाले त्यसले महिला हिंसा कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ र सांसदरुले त्यस्तै खालको सेल स्थापना गरेर दलितविरुद्धको अभियान सफल बनाउनुपर्ने बताएपछि समितिले सरकारलाई प्रहरीभित्र दलित सेल खोल्न निर्देशन दिइएको ’ समिति सभापति कृष्णभक्त पोखरेलले जानकारि दिनुभएको छ । यस्तै समितिले श्रृङ्खलावद्ध रुपमा दलितमाथि भइरहेका आक्रमणलाई ख्याल गर्दै तत्काल यस खालका विभेदका विरुद्ध महाअभियान चलाउन निर्देशन दिएको हो ।

nema
Show More

Related Articles

Back to top button