अन्तर्वार्ता

भारतीय पत्रपत्रिकामा नेपाल-भारत तनावको चर्चा: के अब वार्ता कठीन छ

काठमाडौँ– नेपालले लिपुलेक–लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरी त्यसलाई संसदबाट पारित गरेपछि भारतीय सञ्चारमाध्यममा नेपाल–भारत सम्बन्ध सम्बन्धी खबरले प्राथमिकता पाइरहेका छन्।
नेपालले आफ्नो नक्सामा सामवेश गरेको क्षेत्रमा भारतको दाबी रहँदै आएको छ। यसअघि गएको नोभेम्बरमा भारतले सार्वजनिक गरेको नक्सामा उसले कालापानीसहितको नेपाली भूमि समावेश गरेको थियो ।
त्यसपछि वार्ताका लागि नेपालले गरेको प्रस्तावमा खासै वास्ता नगरेको आरोप लागेको भारत नेपालले नयाँ नक्सा सार्वजनिक गरी संविधान संशोधन विधेयक पारित गरेपछि गम्भीर चासो देखाएको छ।
मंगलबार निस्केका अधिकांश प्रमुख भारतीय पत्रपत्रिकामा सीमा विवादलाई लिएर नेपाल–भारत सम्बन्ध सम्बन्धी विभिन्न खबर प्रकाशित भएका छन्।
द इन्डियन एक्सप्रेसमा प्रकाशित खबरमा भने भारतीय पक्षले नेपालसँग सीमा विवादबारे वार्ताका लागि पहल गरेको उल्लेख छ। भारतले नेपाललाई नयाँ नक्सा सम्बन्धी प्रक्रिया रोकेर वार्तामा आउन आग्रह गरेको खबरमा उल्लेख छ।
केपी शर्मा ओली सरकारले सकारात्मक अवस्था र वार्ताको वातावरण बनाएमा भारतीय पक्ष वार्ताका लागि तयार रहेको सरकारी स्रोतले संकेत गरेको एक्सप्रेसको खबरमा उल्लेख छ।
तर द हिन्दुमा प्रकाशित खबरमा भने भारतीय पक्षले नेपालसँग तत्काल वार्ता सम्भव नरहेको वा कठिन भएको आशयको खबर प्रकाशित भएको छ।
रक्षामन्त्री सिंहले नेपालसँग भारतको सम्बन्धी अरु देशसँगको जस्तो सामान्य नरहेको भन्दै विश्वको कुनै पनि शक्तिले यसलाई तोड्न नसक्ने बताएको उल्लेख गरे पनि सीमा विवादलाई लिएर तत्काल वार्ता कठिन देखिएको दाबी हिन्दूको खबरमा छ।
अमर उजालाले राजनाथ सिंहको सोही भनाइलाई प्राथमिकता दिएर खबर प्रकाशित गरेको छ। उसले सम्बन्ध बिग्रनुमा नेपाल जिम्मेवार रहेको र अब सम्हाल्ने काम पनि उसले नै गर्नु पर्ने भारतीय पक्षको अडान रहेको दाबी खबरमा गरेको छ।
द टाइम्स अफ इन्डियामा प्रकाशित खबरमा सरकारी अधिकारीलाई उद्धृत गर्दै वार्ताको वातावरण बनाउने जिम्मा नेपालसँग रहेको उल्लेख छ। भारतले वार्ताको प्रस्ताव नगर्ने र सो जिम्मा तथा वातावरण नेपालले नै बनाउनु पर्ने भारतीय अधिकारीको भनाई रहेको दाबी खबरमा उल्लेख छ।
तर रक्षा मन्त्री राजनाथ सिंह भने वार्ताबाट समस्या समाधानका लागि खुला रहेको भन्ने सोही खबरमा उल्लेख छ। मन्त्री सिंहले नेपाल–भारत सम्बन्ध ‘रोटी–बेटी’ को रहेकाले बिग्रिन दिन नुहेन बताएको जनाइएको छ।
यसैबिच भारतीय सेनामा सेवा गरेर निवृत्त भएका नेपालीहरुले आफ्नो पेनसन रकम निकाल्नका लागि अनलाइन बैंकिङ्ग सेवा प्रयोग गर्न वा एटिमबाट पैसा निकाल्न खोज्दा नआएको गुनासो आउन थालेको खबरमा उल्लेख छ। तर पेन्सन वितरणका अधिकारीले भने अहिलेसम्म त्यस्तो गुनासो नसुनेको र यदि सो भएको भए एसबिआई बैंकमा सम्पर्क गर्न अनुराेध गरेकाे उल्लेख छ ।
हिन्दुस्तान टाइम्समा भने नेपालले सीमा सुरक्षा पोस्ट थप्ने तयारी गरेको सम्बन्धी खबरलाई प्राथमिकता दिएको छ।
असार २, २०७७ मा प्रकाशि
nema
Show More

Related Articles

Back to top button