Uncategorized

कोरोना कहरबिच भारत कामको खोजीमा भारत तर्फ नेपालीहरु

Image of कुमार श्रेष्ठकुमार श्रेष्ठ१ घण्टा पहिले

facebook sharing button
twitter sharing button
messenger sharing button

नेपालगञ्ज – कोरोना कहरका बीचमै पहाडी जिल्लाका नेपालीहरु मौसमी कामका लागि भारत फर्किन थालेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस कोरोना त्रासलाई बेवास्ता गर्दै पुनः भारत फर्किन थालेका हुन् । भारत फर्किने नेपालीको यतिबेला नेपालगञ्जमा लाइन देखिने गरेको छ । कोरोना भन्दा पनि छाक टार्ने समस्याले गर्दा उनीहरु भारततिर हिँडेका छन् । भारतमा महामारी फैलिएपछि घर फर्किएका थिए । महामारी अलिकति कम हुने बित्तिकै फेरि उतै लागेका छन् ।

नेपालगञ्ज नाकामा केही दिनयता भारत जानेको भिड नै देखिन्छ । प्रहरी ब्यारेल कट्न उनीहरु तछाडमछाड गर्छन् । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले इन्ट्री गरेर पठाउने परिपाटी मिलाएको छ ।

कर्णाली प्रदेशको दैलेख, जाजरकोट, रोल्पा, स्कुम, सल्यानका बढि मानिस भारतमा मौसमी कामका लागि जाने गर्दछन् । यी नेपालीहरु भारतमा महामारी फैलिएपछि र बर्खा लगाउने हिसाबले फर्केका थिए । पहाडमा जेठमै मकै छर्ने र धान रोप्ने काम सक्ने भएकाले उनीहरु फेरि मौसमी कामका लागि भारत हिँडेका हुन् । अहिले गएका नेपाली दसैँ र तिहारमा फर्किने गर्छन् ।

कर्णाली प्रदेशका प्रायः नेपाली भारतको कालापहाड, सिम्ला, प्रयागलगायतका ठाउँमा जाने गर्दछन् । यी ठाउँमा कोरोनाको ठूलो महामारी पनि देखिएको छैन । दिल्ली, मुम्बई, गुजरात, राजस्थानलगायतका ठाउँमा ठूलो महामारी देखिएको छ । यी शहरहरुमा पनि नेपालीको बाक्लो उपस्थिति रहने गर्दछ ।

सरकारले पूर्णरुपमा नाका खोलिसकेको छैन । भारतबाट फर्किएकालाई स्वास्थ्य जाँच गरेर भित्र्याउने र भारतीय तथा लामो समयदेखि भारतमा बसेका नेपालीलाई यताबाट जान दिने गरिएको छ ।

इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले दुई दिनयता भारत जाने नेपालीको संख्यामा बृद्धि भएको जानकारी दिए ।

‘अहिलेसम्म भारतबाट फर्किनेको संख्या धेरै थियो, दुई दिनयता भारत जाने बढ्दै छन्’, गिरीले भने, ‘भारतमा कोरोना महामारी कम भएपछि फेरि नेपाली फर्किन थालेका छन् ।’ नेपालगञ्ज नाकाबाट अचेल दैनिक ५ देखि सात सयसम्म नेपाली घर फर्किरहेका छन् । दुई दिनयता ३–४ सय नेपाली भारततिर जान थालेका छन् । जमुनाहाका इन्चार्ज गिरीले भारत जानेको संख्या दैनिक बढिरहेको बताए ।जेठ २७, २०७८ मा प्रकाशित

nema
Show More

Related Articles

Back to top button