breakingसमाचारविचारवी पी विचार

नवौं राष्ट्रिय खेलकुद : टस जितेको सुदूरपश्चिमलाई कांस्य पदक

२०७९ भदौ ३१ गते

३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत वर्षाले प्रभावित पुरुष क्रिकेट प्रतियोगितामा टस जितेकै आधारमा सुदूरपश्चिम टिमलाई कांस्य पदक विजेता घोषणा गरिएको छ ।

नेपाल टी–२० लिगका कारण एक महिना अगाडि सारिएको प्रतियोगिताका अधिकांश खेलहरु वर्षाले प्रभावित हुँदा टस नै नभइ बिथोलिएका थिए ।

त्रिवि मैदानमा शुक्रबार तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिमबीच खेल हुनुपर्ने थियो । सुदूरपश्चिमले टस जिते पनि वर्षाका कारण खेल हुन नसक्दा प्रतियोगिताको नियमअनुसार सुदूरपश्चिमलाई विजेता घोषणा गरिएको हो ।

प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु नेपाल पुलिस र त्रिभुवन आर्मीबीच शनिबार प्रतिस्पर्धा हुँदैछ

copied from online khabar

nema
Show More

Related Articles

Check Also
Close
Back to top button