breakingसमाचारविचारवी पी विचार

कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु

६ पुस,  २०७९

कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्बरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।

टिपर चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button