समाचार

नेपालगञ्ज उपमहानगरपालिकामा निर्माणाधीन ल्याण्डफिल्ड साइडको परिक्षण बैशाखमा

२२ चैत, काठमाडौैँ÷ नेपालगञ्ज उपमहानगरपालिका हिरमिनियामा निर्माणाधीन ल्याण्डफिल्ड साइटको परीक्षण वैशाखमा गरिने भएको छ ।

फोहर राख्न तयार पारिएका चार वटा सेलमध्ये एउटा तयार भएपछि वैशाखमा परीक्षणको तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ । बाँकी तीनवटा सेलको पनि ९५ प्रतिशत काम सम्पन्न भइसकेको एकीकृत शहरी विकास आयोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले बताए ।

नेपालगञ्जबाट संकलन भएर ल्याण्डफिल साइटमा जम्मा पारिएका फोहर छुट्याउने, फोहर पानी र फिल्टर गरिएको पानी फाल्ने ट्यांकी निर्माण भइसकेको इन्जिनियर महर्जनले बताए । आयोजनाले ल्याण्डफिल साइटका लागि आवश्यक पर्ने १२ वटा ई–रिक्सा ल्याएको छ । फोहर संकलनका लागि ११ हजार थान डस्टविनु पनि ल्याइसकेको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button