समाचार

स्व .ज्ञान कुमारी छन्तेल प्रति वीपी विचार राष्ट्रिय समाजबाट श्रद्धाञ्जली

काठमाडौ असार १७,
वीपी विचार राष्ट्रिय समाज,काठमाडौले आज एक वक्तव्य प्रकाशित गरी  बाग्लुङ जिल्लाको तमान खोला गाँउपालिकाका वडा नं ५ मा स्थायी बसोबास गर्दै आउनुभएकी  समानुपातिक सांसद श्री ज्ञान कुमारी छन्तेलकाे  बुधबारका दिन ६६ बर्षको उमेरमा उपचारको क्रममा गंगालाल राष्ट्रिय हृदय रोग क्रेन्द काठमाडौमा  निधन भएको खबरले विपी विचार राष्ट्रिय समाज केन्द्रिय कार्य समिती परिवार अत्यन्त दुःखी एवं मर्माहत भएको छ ।
वीपी विचार राष्ट्रिय समाजका सभापति श्री कुलबहादुर (के.वी) गुरुङ र सह सभापति श्री गोविन्द राज जोशीले
वक्तव्यमा शोकको यस घडिमा दुःख सहन एवं धैर्यधारणा गर्ने शक्ति प्राप्त होस भनी ईश्वरसँग प्रार्थना गर्दै उहाँको परिवारजन प्रति गहिरो संम्वेदना प्रकट गर्दछौ  भननु भएकाे  छ  । उहाहरुले दिंवगत आत्माको चिर शान्ति एवं वैकुण्ठमाबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौ भन्नु भएको छ ।

Show More

Related Articles

Back to top button