breakingसमाचारविचारवी पी विचार

देशलाई जोगाउनु परेको छ


–विश्वेश्वरप्रसाद कोइराला

          तपाईहरूस“ग भेटघाट गर्न पाउ“दा मलाई बडो खुसी लागेको छ  बडो उत्साह पनि भएको छ । हामीहरूले धेरै दिनदेखि पूर्व मेचीदेखि यात्रा प्रारम्भ गरेर महाकालीसम्म पुग्यौ“ र आज यो अन्तिम भन्नु प¥यो । काठमाडौ“मा यस्तै भेला गर्छौ, बागमती अञ्चलको । यस भ्रमणमा धेरै साथीहरू नया“ र पुराना साथीहरुसित पनि भेट भयो । उनीहरुको विचार थाहा पायौ“। यसबाट,हामीहरु जति मसँग आएका साथीहरुसमेत सबैलाई बडो उत्साह र प्रेरणा प्राप्त भएको छ । मलाई लाग्दछ, तपाईँहरुलाई पनि बडो उत्साह भयो होला। जिल्ला जिल्लामा काम गर्ने साथीहरु, गाउँमा बसेर काम गर्ने साथीहरुलाई एउटा ठूलो अवसर हो यो ।हामीहरु त केबल आÏना जिल्लामा मात्र सीमित रहेनछौँ , हाम्रा सहयोगीहरु त धेरै फैलिएका रहेछन्, एउटा वृहत समाजका सदस्य रहेछौँ भन्ने अनुभव हाम्रा साथीहरुलाई भयो होला । त्यसले पनि उत्साह र प्रेरणा प्राप्त भयो होला भन्ने मलाई लाग्दछ । हामीहरुले हरेक जिल्लाका साथीहरुबाट धेरै कुराहरु सुन्यौँ, अहिले भर्खरै मभन्दा  पहिले साथहरुले बोल्नुभयो, दुर्गम क्षेत्रबाट आएका साथीहरुले भन्नुभयो त्यहाँका समस्या, सुकुम्बासीका समस्या, मजदुरका समस्याहरु सबैका बारेमा हामीहरुले सुन्यौँ ।

अहिले जो परिस्थिति उत्पन्न भएको छ संविधानको तेस्रो संशोधनले, त्यसका बारेमा पनि के–कसो गर्नुपर्ने हो, तपाईहरुले भन्नुभयो। र बडो इमान्दारीपुर्वक जनताका बीच उभिएर, तपाईँहरुलाई के अनुभव भएको छ त्यसको आधारमा आ–आÏनो मन्तव्य यहाँ दिनुभयो ।मेरो कुरा गर्नुहुन्छ भने, म केन्द्रमा बस्दछु, गाउँ–घरमा बस्दिनँ । केवल तपाईहरुका विचारहरू र अलिकति आÏना अनुभवको आधारमा यसपालि, बीस वर्षपछि यो सम्मिलित रूपबाट हजारौँ साथीहरूका बीच छलफल गरेर हामीलाई एउटा ठूलो निर्णय लिने आधार प्राप्त भएको छ । तपाईँहरू जिल्लामा बस्नुहुन्छ कति विकट जिल्लामा–जहाँ प्रशासनको सबभन्दा ठूलो दबाब रहन्छ, गाउँ–घरमा बस्नुहुन्छ, एक्लो भएर बस्नुहुन्छ–त्यहा“ अहिलेका व्यवस्थावादीहरूको दबाब थिचोमिचो,दमन सबै तपाई“हरूले सहन गर्नुपर्दछ। त्यसो त यस दमनबाट कोही पनि मुक्त छैनन् । तैपनि केन्द्रमा बस्ने लाई म भन्दा ठूलो दमन तपाई“हरूमाथि छ , त्यसो हुनाले हामीहरूले कुनै निर्णय लिनुभन्दा पहिले यो सम्झनु पर्दछ कि कुन जिल्लामा बस्ने साथीहरूको के समस्या छ? कसरी यो दमनको उनीहरूले मुकाविला गर्न सक्लान्?


नेपालको राजनीतिमा हामी प्रायः ३५ वर्षदेखि काम गरिरहेका छौ“ र त्यस बखतको अवस्था र अहिलेको अवस्थामा ठूलो अन्तर छ । अहिले बीस वर्ष यताको दमनबाट खारिएका साथीहरू छन् । तिनीहरूले आÏना गोडामा उभिएर बीस वर्षसम्म भोगेको अनुृभव छ । पहिले त्यो अनुभव थिएन । पहिलेका साथीहरूलाई २००७ सालमा क्रान्ति गरेको, त्यसपछि चुनाव भएको र त्यो चुनाव जितेको अनुभव छ ।त्यसपछि त्यो बीस वर्षको अवधिमा दमन के हुन्छ, त्यसको अनुभव छ । एउटा त्यस्तो व्यवस्था जनताको काध“मा लादियो त्यसको कस्तो अवस्था हुन्छ भन्ने कार्यकर्ताको हैसियतले यो अनुभव हाम्रा साथीहरुलाई भएको छ र त्यही अनुभवको आधारमा उनीहरु कार्य गरिराखेका छन् । त्यस्तो हुनाले, पहिलेका अवस्थाभन्दा अहिलेका साथीहरुलको जुन अनुभव छ,ज्यादा चोखो र ज्यादा भरपर्दाे छ । जुन–जुन साथीहरुले जस्तो जस्तो मन्तव्य दिनुभयो । यहा“ विरोधी मन्तव्य दिए तापनि त्यो इमान्दारीपूर्वक आएको मन्तव्य हो भन्ने हामीलाई लागेको छ ।
अहिलेको परिस्थितिमा हामीहरुले यथास्थितिमा हामीहरूले यथास्थितिमा पनि चुनावमा भाग लिनुपर्दछ भन्न आवाज पनि आयो । त्यो पनि अनुभवको आधारमा, आÏनो बुद्धिको आधारमा उनीहरुले भने होलान् । त्यस्तै अरु साथीहरुले भने – हामीहरुले कुनै पनि हालतमा यस व्यवस्थास“ग कुनै किसिमको सम्बन्ध राख्न हुदै“न र पूर्ण बहिष्कारको नीति अपनाउनु पर्दछ । अरु कतिले चाहि त्यसमा केही सर्त राखेर हामीले सहभागी हुनुपर्दछ भने । यद्यपि यी परस्पर विरोधी विचारअरु परे । तर यी सबै विचारहरुको आधार साथीहरुको आÏना अनुभव, बुद्धि र आÏनो विवेक नै हो भन्ने हामीहरुलाई लाग्दछ । यसमा विचारको मेल नभए तापनि आÏनो अनुभवप्रति इमान्दारिताको झल्को हामीहरुले पायौ“ । यसले पनि बडो ठूलो मदत हुन्छ, हामीहरुलाई, आÏनो निर्णय लिनमा ।
अहिलेको संविधानको सम्बन्धमा साथीहरुमा केही भ्रम छ जस्तो मलाई लाग्छ । चुनावमा भाग लिन हुन्न, कुनै हालतमा पनि अहिलेको व्यवस्थास“ग कुृनै किसिमको सम्बन्ध हाम्रो रहनु हुन्न भन्ने केही साथीहरुको भनाई छ । त्यसर्ला नमान्ने साथीहरुले भने–होइन अहिलेको परिस्थिितिमा हामीहरुलाई केही अधिकार प्राप्त भएको छ, त्यो प्रयोग गर्नुपर्दछ । । दुइटैले नबुझेको जस्तो लागेकोले म अहिलेको संविधानको बारेमा केही कुरा भन्न चाहन्छु जहा“सम्म संविधानको प्रश्न छ, त्यसका बारेमा कसैले पनि भनेको छैन कि यो प्रजातान्त्रिक संविधान हो । तसर्थ हाम्रा लागि यो संविधान स्वीकार गर्ने वा नगर्ने भन्ने प्रश्न नै छैन । यो हाम्रो निम्ति काम लाग्ने संविधान होइन । यो पूर्ण प्रजातान्त्रिक छैन । यो संविधानलाई दुई स्तरमा हामीहरुले हेर्नुपर्दछ। यो संविधानमा जनसहभागिताको पनि उल्लेख छ र त्यसको अवसर पनि दिएको छ २१ वर्ष पुगेकाले भोट दिन पाउ“छन्, यस हदसम्म यो प्रजातान्त्रिक छ । भोट दिनु पाउनु ठूलो अधिकारको कुरा हो तर छेकबार प्रारम्भ हुन्छ । पहिलो छेकबार त जो उम्मेदवार हुन्छ, त्यसले ६ वटा वर्गीय संगठन मध्ये एउटाको सदस्य हुनुपर्दछ ।
म अमेरिकाको अस्पतालमा थिए“, जुनबेला राजाबाट संविधानको घोषणा भयो । त्यसपछि मलाई त्यहा“का नेपालीहरुले संविधानको संशोधन ल्याएर दिए त्यसमा ६ वटा वर्गीय संगठनमध्ये एकको सदस्य अनिवार्य गरिदिएकोले मलाई के लागेको थियो भने, त्यसबाट राजाले संसदलाई आÏनो हातमा नियन्त्रण गर्ने प्रत्यक्ष शक्ति लिएको होला । त्यहा“ कसैले गडबडी ग¥यो भने प्रत्यक्ष राजा त्यहा“ संलग्न नभएर अथवा स्वीच दबाएर बत्ती निभाउने काम गर्न राजाले हातमा हतिायार राखेको होला । कसैले केही गडबडी गरेको खण्डमा यतापट्टि वर्गीय संगठनको सदस्यताबाट त्यसलाई बर्खास्त गरिदियो भने स्वतः राष्ट्रिय पञ्चायतको सदस्यताबाट पनि बर्खास्त हुने । मानिलिनोस् ८४ स्थान लिएर म प्रधानमन्त्री भए“ रे, तर त्यहा“ अप्ठ््यारो परेमा २०१७ सालको जस्तो काण्ड नगरी वर्गीय संगठनको स्वीच दवाइदियो भने मेरो प्रधानमन्त्री पद पनि संसदमा खत्तम हुने, त्यो उद्देश्य हुन सक्छ कि भन्ठानेको थिए“। तर एक महिना पहिलेको अध्यादेशबाट त्यो पनि नभएको प्रमाणित भयो । वर्गीय संगठनको सदस्य त केवल औपचारिक किसिमको मात्र रहेछ । त्यसको सदस्य बन्नेवित्तिकै पा“च वर्षको निमित्त सदस्य बनिरहने उल्लेख छ । राष्ट्रिय पञ्चायतको सदस्य भैसकेपछि त्यसमा यसबाट कुनै प्रभाव पर्नसक्ने भएन । त्यसको उदेश्य त राजाको हातमा हतियार राख्ने पनि होइन रहेछ । व्यवस्थामा रहेका र अरु पनि केही ठूला मानिसहरुले मलाई सम्झाए, अब त तपाई“लाई वाधा रहेन । वर्गीय संगठनको सदस्य त एउटा औपचारिक कुरा मात्रै रह्यो । त्यसको कुनै अर्थ रहेन । राजाको हतियारको रुपमा रहेको भए पनि त्यो राजाको पक्षमा छ भन्ने थियौ“ । तर यो राजाको हातको हतियार पनि भएन । त्यसो भए यसको के उद्देश्य हुन सक्छ भन्दा एउटै उद्देश्य असम्मान र स्वाभिमान माथिको आक्रमण ।
यदि कुनै मानिस संसदको सदस्य हुन खोज्दछ भने पहिले नै असम्मानको एउटा कागज गरिकन उसले उम्मेदार हुनुपर्छ । त्यो असम्मानको एउटा कागज गरिकन उसले उम्मेदवार हुनुपर्छ । त्यो असम्मान गर्नु बाहेक यसको कुनै अर्थ छैन । हामीहरु जस्ता मानिस,जसले दशौंवर्ष कुनै कागज नगरीकन जेल बस्यौ यस्ता धेरै मानिसहरु छन् यसरी जेल बसेका । तिनीहरुले कुनै कागज गरेर छुटेनन् तर कागज नगरीकन जेल बसेका मानिसहरुलाई अब कागज गर्नुपर्ने भयो उम्मेदवार बन्न । त्यसोहुनाले यो हामीलाई अपमान र नतमष्तक गराइकन असम्मान गर्ने उदेश्य हो । तर जसको आफ्नो स्वाभिमान छैन या बाहिरबाट प्रभावित जो व्यक्ति पनि होलान्, उनीहरुलाई स्वाभिमान भन्ने कुरा भएन । उनीहरु त जस्तो पनि कागज गरेर भित्र पस्ने भए । तसर्थ यो वर्गीय संगठनको सदस्यताको अर्थ त्यति हुन्छ जसले राष्ट्रवादी, यथार्थमा देशभक्क्त र स्वाभिमानी जुन व्यक्तिहरु छन् तिनीहरुको बाटोलाई छेकिदिनु। जो स्वाभिमानी छैनन् र देशप्रति वफादार छैनन्, उनीहरुलाई चाहि उभिन र संसदमा जान छुट दिनु । त्यसकारण राष्ट्रियताको रक्ष ागर्न अहिलेको संविधान सबभन्दा घातक भएको छ ।
त्यसपछि अगाडि जाउ“–चुनिएर हामीहरु माथि पुग्यौ“ भने पनि ८४ सिट ल्याउनु पर्याे । ११२ मा ८४ सीट ल्याउन पनि असम्भव कुरा छ । जहा“सम्म संसदभित्र जाने कुरा छ, सरकारमा जाने कुरा छ, त्यो त सम्भव भएन । अहिलेको संविधानलाई बिचार गर्दा चुनावमा भाग लिनै पर्दछ, हामीहरु चुनिएर संसदमा जानुपर्छ भन्ने जुन विचार यहा“ कतिपय साथीहरुले दिए । त्यसको विरुद्धमा यस्तो तर्क पनि प्रस्तुत भयो, कुर्सीका लोभले जान खोजेको । त्यसमा कुर्सी नै छैन । कुर्सी होला त अधिकार छैन । किनभने प्रधानमन्त्रीलाई पनि अधिकार छैन ।८४ सीट ल्याएर हामीहरुले जितेमा पनि त्यसमा अधिकार छैन ।
त्यसोहुनाले त्यो प्रधानमन्त्री नाममात्रको प्रधानमन्त्री हुन्छ । सम्पूर्ण अधिकार अरु ठाउ“मा केन्द्रीत भएको हुन्छ ।
२१ वर्ष पुगेका मानिसले भोट दिन पाउ“छन् भन्दा जनतास“ग सम्पर्क स्थापित गर्ने मौका देखिन्छ । तर अधिकारको कुरा भने यसमा छैन । त्यसकारणले यसलाई हामीले अहिले दुई स्तरमा विचार गर्नुपरेको छ । जो पञ्चायतवादी छन््, तिनीहरुको निम्ति यो संविधान आखिरी हो । यो संविधान उनीहरुलाई पुग्ने ठाउ“ हो , अब टुङ्गियो अब पञ्चायतको अन्त्य आइसकेको छ ।
यसले प्रजातान्त्रिक प्रकृयाको निम्त अवसर प्रदान गरेको छ ?अथवा यात्रा प्रारम्भ गराउ“छ, गराउ“दैन? प्रजातन्त्रको निम्तिको यात्रालाई सुगम गराउ“छ, गराउ“दैन? सुगम गराउ“छ भनेर हामी चुनावमा भाग लिन गयौ“ भने –के हामीहरुको चरित्र उही रहन्छ ?हामीहरुको अनुहार उही रहन्छ? नेपाली काग्रेंस, जसको बीस वर्षको यत्रो दमनपछि पनि –एउटा आदर्श छ । कतिलाई लाग्यो होला –नेपाली काग्रेंस मरेर गयो, सिद्धिएर गयो, खतम भएर गयो । तर यो त नमरेको, बिउ पो रहेछ, अलिकति पानी पर्ने वितिकै त्यो अंकुरित भएर निस्केर आइहाल्ने । यो तपाईहरुले देखिहाल्नुभयो , यो के हो? दमनको तमाम प्रयोग र हतियार नेपालीको काग्रेंसको विरुद्ध भयो, तैपनि यो मासिएर गएन । यो त अजर अमर रहेछ, कहिले पनि नमर्ने । कसरी कहा“बाट यसले अमरत्व प्राप्त गरेको हो ?यो विचार हाम्रो मनमा आउ“छ । यस सम्बन्धमा हामीले बुझ्नुपर्ने कुरा के छ भने यसको एउटा परम्मरा छ, नेपाली काग्रेंसको परम्मरा । त्यस परम्पराको दुइटा आधार छन् ।एउटा यसको सैद्धान्तिक आधार र अर्काे व्यवहारिक आधार । दुइटैलाई नेपाली काग्रेंसले छाडेको छैन ।आदर्शलाई छाडेर व्यवहारिकताका कुरा मात्र ग¥यौ“ भने व्यावहारिकताको नाउ“मा पञ्च होइन्छ । यदि आदर्शलाई मात्रै समातेर व्यावहारिकताको कुरा गरेनौ भने कोरा नारा दिने उग्र वामपन्थी जस्ता हामीहरु पनि भएर जान्छौ“ । जहिलेदेखि नेपाली काग्रेंस बन्यो यसले व्यावहारिकता र आदर्श दुइटैलाई स“गस“गै लिएर गएको छ ।
म जहा“ पनि भन्ने गर्दछु यो पञ्चायत भन्ने कुरा बीस वर्ष यतादेखि मात्र आएको होइन । २००८ सालदेखि नै पञ्च भन्ने.प्रवृति प्रारम्भ भएको हो र यो परम्परा २००८ सालदेखि नेपालमा स्थापित छ, २०१७ सालदेखि मात्र पञ्च आएका होइनन् । पञ्च भनेको त्यो तत्व हो जसले व्यवहारिकताको नाउ“मा आÏनो आत्मालाई बेचेर जो सत्तामा छ उसको अगाडि घुडा टेक्दछ वा पञ्च भनेको त्यो तत्व हो जुन तत्व आदर्शलाई विर्सेर व्यवहारिकताको नाउ“मा राजनीति गर्दछ । हामीहरुकै बीचबाट हाम्रा सबभन्दा ठूला नेता मातृकाप्रसाद सबभन्दा पहिले ठूलो पञ्च भएर हामीबाट फुटेर गए, २००८ सालतिर । उहा“ मेरो ठूलो दाजु उहा“ भन्नुहुन्थ्यो , विश्वेश्वर, तैले नेपाल बुझेकै छैन । व्यवहारिक राजनीति गर्नुपर्छ । तर व्यवहारिक राजनीतिको नाउ“मा आदर्श छोड्ने परम्परा २००८ सालदेखि चल्यो जो अहिले पनि चलिरहने छ । आज २०३७ सालसम्म, २९ वर्षसम्म यो परम्परा कायम छ र त्यस्तै कम्युनिष्टहरुको उग्रबादी परम्परा पनि कायम छ ।
तपाईंहरुलाई थाहा नै होला २०७३ सालतिर जब नेपाली कागं्रेस बन्यो त्यस बखतमा विराटनगरमा एउटा ठूलो मजदु्र आन्दोलन । जनताको तर्फबाट खुलारुपमा आमसभा नेपालको भूमिमा पहिलोचोटि, त्यसैबेला २००३ सालमा भयो, सन् १९४७ को माघ महिनामा । त्यहा“ भाषण गर्न र कागं्रेसको तपर्रबाट मजदुर आन्दोलनलाई समर्थन गर्न म आएको थि“ए। कम्युनिष्टको तर्फबाट मनमोहन अधिकारी थिए । एकैचोटि कांग्रेसको पनि जन्म हुन्छ । कम्युनिष्टको पनि । तर उनीहरुले व्यवहारलाई छोडेर केवल उग्र नारको एउटा सैद्धान्तिक परम्मरा कायम गरेकाले अस्तित्व राख्न सकेनन् । एकापट्टि पञ्च व्यवहारवादीहरु भ्रष्ट भएर कता पुगे, अर्काेतिर आदर्शवादीहरु पनि कहा“ पुगेका छन् । तर दुइटै कुरालाई समाबेश गरेर हिड्न सकेको हुनाले हामीहरु नेपाली काग्रेंसको यत्रो ठूलो अस्तित्व छ । सरकारमा हामी एकचोटी १७ महिनामात्रै थियौ“, केही अधिकारका साथ । हाम्रो ठूलो नैतिकताले यतिका वर्षसम्म हामीहरु विरोधीको रुपमा सह्यौ“ । हमेशा रु विरोधीको रुपमा सह्यौं र १७ महिनासम्म पनि जब म प्रधानमन्त्री थिए“, म विरोधी नै जस्तो रहेछु । किनभने त्यस बखतमा सबभन्दा ठूलो मार प्रधानमन्त्रीलाई नै पर्याे । त्यो विरोधी भएर नै होला । त्यसकारण नेपाली काग्रेंसको इतिहासमा या भनौ“ राजनीतिमा जब नेपालको राजनीतिले नया“ मोड लियो २००३ सालपछि या २००७ सालपछि तबदेखि नेपाली काग्रेंस विरोधीको रुपमा आएको छ । तर विरोधीको रुपमा आउ“दाआउदै पनि जहिले पनि राजनीतिको केन्द्रमा छ । अहिले पनि राजनीतिको केन्द्रबाट हामीहरु के भन्छौं, हामीहरुले के निर्णय लिन्छौं देशभित्र र विदेशमा पनि त्यो जान्न सबै उत्सुक छन् । यसरी हामी राजनीतिक रंगमञ्चमा जहिले पनि उस्तै छौ“ । केन्द्रीय स्थानमा हामीहरु उभिएका छौ“, जस्तोसुकै दमन भए तापनि । यसको मुख्य कारण आदर्श र व्यवहारको ठूलो सामन्जयस्यले हामीहरु त्यस स्थानमा छौ“, जसलाई हामीहरुले छाड्नु हुदै“न ।
आदर्श र व्यवहारको बारेमा मैले एउटा उदाहरण भन्ने गरेको छ्ु – जंगलमा हामीहरु छौं रे या समुद्रमा हामीहरु छौैं रे। अध्यारो रात छ । केले अगाडि जाने ?कताबाट दिशा प्रदान गर्छ भन्दा धु्रबतारा हेरेर भन्नुहुन्छ या कुनै तारा हेरेर भन्नुहुन्छ –यो त पूर्वपट्टिको तारा हो । त्यसै अनुशरण गरेर गयौं भने हामीहरु पूर्वतिर जान्छौ“, त्यो भनेर तपाईं गोडा कता राख्नुहुन्छ त्यो पनि तपार्ई“ले ध्यानमा राख्नु हुन्छ । तपार्ई“ले त्यो आदर्शको चम्किलो तारपट्टि पनि दृष्टि राख्नु हुन्छ । आदर्शलाई मात्र हेर्नुभयो –चम्किलो तारालाई मात्र हेर्नुमयो भने गोडा खाडलमा पुग्या छ भन्ने थाहा हुदै“न । खोट केलाएर हेर्नुभयो भने. आदर्शको ज्योतिले हामीलाई जंगलबाट बाहिर निकाल्छ । तर यदि हाम्रो गोडाले कहा“ खाल्टो छ, कहा“ नदी छ, कहा“ पर्खाल छ भन्ने विचार गर्याे भने –फड्केर घुमेर नाघेर जान्छ । कुनै अड्चन बाधा छ भने फर्कन्छ । त्यस किसिमबाट आजसम्म नेपाली काग्रेंसले आदर्श र व्यवहारका वीच सामन्जस्य स्थापित गर्दै आएको छ, त्यसलाई हामीहरुले छाड्नु हुदै“न ।
अर्काे कुरा, जो तपाईहरुले बुझ्नु परेको छ–चार बर्ष पहिले हामीहरुले देश फर्किने निर्णय गर्याै । हामीहरुमाथि अनेक मुद्दा र फा“सीको सजाय“ हुने अवस्था हु“दाहुदै, त्यसबखत हामीहरु निणय लिन्छौ“ । भित्र जान्छौ“ त्यो पनि लुकेर जाने होइन, खुला रुपमा भित्र जान्छौ“ मेलमिलापको आधार लिएर। हामीहरुलाई जेलमा राखेर कारबाही थाल्दा पनि त्यस कारबाहीलाई रोकीकन हामीलाई छाडिन्छ । पहिलेदेखि भैइरहेका प्रजातान्त्रिक प्रगतिमा बाधा पार्ने षड्यन्त्र पनि कामयाब हुन सक्दैन । अहिले हामी यहा“ यतिका कार्यकर्ता उपस्थिती भएका छौ“, हामीहरुले यत्रो मिटिङ ग¥यौ“ । कडा शब्दहरु पनि विरोधीहरुलाई प्रयोग ग¥यौ“ । तैपनि विरोधीहरु सहेर बसेका छन् त्यसको एउटा मात्र कारण छ, त्यो हो –हाम्रो मेलमिलापको आधार । मेलमिलापको सम्बन्धमा कसैलाई भान होला यो त केबल एउटा नारा हो, एउटा रणनीति हो भन्ने । यो रणनीति मात्र पनि होइन । यसले दुइटा कुरालाई लिएर गएको छ –राष्ट्रियता र प्रजातन्त्र । यो कुरा हामीले बुझ्नु आवश्यक छ र विरोधीहरुले पनि बुझेका होलान् ।
भरखरै एक–दुईजना तरुण साथीहरुले, राजाको सम्बन्धमा मस“ग प्रश्न गरे । राजाको बारेमा नबुझेर भनेजस्तो मलाई लाग्दछ । देशको समस्या जटिल छ । हाम्रो मुलुक अहिले बडो कमजोर आधारमा अडेको छ । पृथ्वीनारायण शाहले त्यस बखतको अवस्थामा एउटा देश बनाए ।
तर उनले यसलाई राष्ट्रियताको बलियो आधार भने दिन सकेनन् , २००७ सालसम्म यसको आधार बनेन । २००७ सालदेखि राष्ट्रियताको आधार बलियो हुदै“ गयो । यसै बखतमा हामीले अर्काे जिम्मेवारी पनि लिनुपरेको छ प्रजातन्त्रको जिम्मेवारी । प्रजातन्त्र नभए राष्ट्रियता पनि रहन सक्दैन । जबसम्म भोका नाङ्गा जनता रहन्छन तबसम्म यो जिम्मेवारी रहिरहन्छ । हाम्रो अहिलेको सबभन्दा ठूलो समस्या गरीबीको छ, आर्थिक समस्याको छ । तसर्थ प्रजातन्त्र र राष्ट्रियता दुवै जोडिएर जुम्ल्याहा जस्तै छन्, जसलाई हामीले एकैपटक स्थापना गर्नुपरेको छ ।
राष्ट्रियताको विकासद्धारा देशलाई जोगाउनु परेको छ । राष्ट्रमाथि कत्रो खतरा आइपरेको छ भन्ने कुरा सबैले बुझ्नु परेको छ । अन्तराष्ट्रिय षड्यन्त्र र हाम्रै मुलुकभित्र भैरहेको पाड्यन्त्रबाट देशलाई जोगाउनु छ । राष्ट्र रहेन भने हाम्रो प्रजातन्त्रको कुरा पनि निरर्थक हुन्छ र यस देशको उन्नतिको कुरा पनि निरर्थक भएर जान्छ । प्रजातन्त्र जो हाम्रो परम्परा र हाम्रो आदर्श हो, त्यसमा थपिएको छ –राष्ट्रियताको प्रश्न । राष्ट्रियता र प्रजातन्त्रलाई साथसाथै लिएर जाने प्रश्न उठ्दा, राजको ठाउ“को सम्बन्धमा तपाईहरुलाई, तरुणहरुलाई म भन्न चाहन्छु –जुनसुकै इतिहास हे¥यौ भने इतिहासको क्रममा, प्रत्येक मुलुकमा, राजाको एउटा बडो महत्वपूर्ण योगदान रहेको छ राष्ट्र निर्माणमा इङलैण्को इतिहास लिनोस्, फ्रान्सको इतिहास लिनोस् चाहे रुसको । द्धितीय विश्वयुद्धताका रुसको सबभन्दा ठूलो राष्ट्रव्यासी संकटको अवस्थामा, जब स्टालीनलाई जर्मन आर्मीका विरुद्ध, सबभन्दा ठूलो खतराको मुकाबिला गर्नुप¥यो, त्यस बखत उनले राष्ट्र निर्माण गर्ने राजाहरु, जो दमनकारी, अन्यायी र अत्याचारी मानिएका थिए –इमान द्धितिय, पिटर्स दी ग्रेट तिनीहरुको तस्विर देखाएर यिनीहरुले बनाएको राष्ट्र हामीहरुले बचाउनु परेको छ भन्नुपरेको थियो ।
मेरो भनाइको तात्पर्य के हो भने राष्ट्र निर्माण गरिसकेपछि प्रजातन्त्रको लडाई हुनुपथ्र्यो । तर राष्ट्र निर्माण नभइकनै राष्ट्रलाई मजबुत पार्न पनि हामीहरुले प्रजातन्त्रको लडाई लड्नुपरेको छ । त्यसैले हामीमाथि दोहोरो जिम्मेवारी आइपरेको छ । जहा“सम्म राष्ट्र निर्माणको प्रश्न छ – राजाको पनि योगदान हुन सक्छ । राजालाई पनि राष्ट्रको माया हुन्छ । किनभने राजा हुनका लागि एउटा देश चाहियो । बिना देशको राजा हुदै“न। धेरै राजाहरुले त विवेकह्रीन भएर, बुद्धि विगारेर जनतालाई शत्रुु तुल्य व्यवहार गरेर आÏनो स्वार्थको विपरित काम गरे । त्यसकारण उनीहरुले बुद्धि पु¥याएनन् भन्दैमा हामीले आफ्नो आदर्श छोड्नुहुदै“न । नेपाल जोगाउनु छ भने, आÏनो अस्तित्व जोगाउनु छ भने राजाले पनि जनताको सहयोग लिनै पर्छ ।
यदि नेपाल राष्ट्र बनिसकेको भए, राष्ट्रियताको अरु अगंहरु, संस्थाहरु, संसद, शासन प्रणाली, शासन व्यवस्था, न्यायपालिका, कार्यपालिका स्वतन्त्रपुर्वक चल्दै गरको भए, उत्थानका कार्यहरु भइरहेको भए देशलाई कुनै खतरा हुने थिएन । अहिले त्यो अवस्था छैन । तसर्थ हामी आदर्शवादीहरुको पनि जिम्मेवारी हुन्छ –देशको रक्षाको निम्ति, देशको स्वतन्त्रताको निम्त, राजा र हाम्रो बीचमा सहयोगको भावना बढाउदै लग्ने ।
हो, राजास“ग हाम्रो दुई किसिमको सम्बन्ध छ जहा“ राष्ट्रियताको प्रश्न आउ“छ, त्यहा“ राजाको आफ्नै धारणा छ । जहा“ राष्ट्रियताको प्रश्न आउ“छ, त्यहा“ हाम्रँे आÏनै धारणा छ । जहा“ देश बचाउने प्रश्न छ, त्यहा हामी एक हुन सक्दछौ“ । त्यसकारण मेलमिलापको आधारमा राष्ट्रलाई जोगाउन प्रजातन्त्र ल्याउनु छ । यस्तो स्थिति छ र यत्रो कुरा छ भने राजाबाट किन सकारात्मक पाइला चालिदै“न ? साथीहरु मलाई त्यो सोध्छन् । अब हाम्रो यो विश्लेषण, समस्याको विश्लेषण सही हो भने, एउटा मानिसले यो कुरा मान्दिन“ भन्ने बित्तिकै हाम्रो यो विश्लेषण नै सही रहेनछ भन्न त भएन नि । यदि समस्याको यो विश्लेषण सही छ भने कसैले सही छैन भन्नेवित्तिकै राजाले त्यसप्रति सकारात्मक नहुने वित्तिकै हामीले पनि हाम्रो विश्लेषण् सही रहेनछ भन्ने होइन ।
अर्काे हामीले बुझ्नुपर्ने कुरा यो बीस वर्षमा यहा“ एउटा नया“ वर्ग स्थापित भयो । कुनै पनि हालतमा, कुनै अर्थमा त्यो राष्ट्रिय वर्ग होइन । न त्यो सामन्ती वर्ग हो । पहिले राणाहरु सामन्ती वर्ग हो । पहिले राणाहरु सामन्ती वर्ग थिए । सामन्ती वर्ग भनेको जो कृषिको आधारमा किसानको शोषण गरेर धनोपार्जन गर्दछन् । भूमिपतिहरु, ठूला–ठूला विर्तावालाहरु, जमिन्दारहरु, जसले ठूूूूूूल्ठूला जमीनहरु राखे, किसानलाई हलो जोत्न लगाए, त्यसको अधिकाशं भाग आफूले लिए । किसानहरुलाई नमरुन् भनेर केबल खान मात्र दिन्थे र ती सामन्तीहरुलाई पनि यो भूमिको मोह थिाये । जमीनमा वर्षा भएन भने काठमाडौंमा बसेर दाङ्गको खेती गर्ने या कैलाली कञ्चनपुरको खेती गर्ने ? वर्षा नभए अब त्यसबाट अन्न हुदै“न, यसपालि त सुनचा“दीको खरिद वा छोरीको विवाह गर्न पाइने भएन भन्ने उनीहरुलाई ठूलो चिन्ता लाग्थ्यो । किनभने यहा“ राम्रँे वर्षा होस् राम्रो उब्जनी होस् भन्ने ती शोषकहरुलाई, ती राष्ट्रिय शोषकहरुलाई पनि हुन्थ्यो । पु“जीपति व्यवस्थामा पनि पु“जीको विस्तारको निम्ति –व्यापार बढ्नु प¥यो, उद्योगधन्दा चल्नुपर्याे, बजार हुनुपर्याे, बजारमा खरिद–विक्रीको बृद्धि हुनुप¥यो, अनि उनीहरुको पु“जी बढ्दै जान्छ । व्यापारीहरु छन् तर खरिद गर्ने मानिस नै छैनन् भने त्यो व्यापार कहा“ हुन्छ? त्यसैले यहा“ किसानहरुस“ग पैसा हुनुप¥यो जसले ज्यादासे ज्यादा माल खरिद गर्न सकुन् । उद्योगधन्दा कलाकारखानाहरु बढुन् । जसले गर्दा ज्यादासे ज्यादा मुनाफा कमाउन सकियोस् । त्यसरी यो राष्ट्रिय पु“जीपतिद्धारा मजदुरहरुको जस्तोसुकै शोषण भएतापनि तिनीहरुको आधार राष्ट्रकै समृद्धि र विकासमा निर्भर गर्ने थियो । त्यस्तै जस्तोसुकै शोषक–सामन्ती भए तापनि यहा“को उब्जनी यहा“कै विकासमा लाग्ने थियो साथसाथै उनीहरु पनि समृद्ध भएर जान्थे ।
तर अहिले जुन वर्ग उपस्थित छ, अहिले जुन वर्ग बन्या छ त्यसलाई देशस“ग कुनै किसीमको वास्ता छैन । सुखा भए तापनि उनीहरुको सम्पत्तिमा कुनै कमी हुदै“न । पानी पर्छ–पर्दैन, नहर लाग्छ लाग्दैन तिनीहरुलाई कुनै वास्ता छैन। बजार डुबेर जाओस् वा उद्योगधन्दाको विकास होस्–नहोस् । उनीहरुलाई कुनै फरक पर्दैन। उनीहरु त यहा“को सम्पदाहरुलाई नष्ट गरेर, प्राचीन कला–कृति विदेशमा पठाएर, जगंल खाएर, अबैध धन्दा गरेर बसेका छन् । यही तत्व अहिले केन्द्रमा छ । यो राष्ट्रिय तत्व होइन–अन्तराष्ट्रिय तत्व हो । यिनीहरुले बीस वर्षसम्म, हामी राष्ट्रवादीहरुलाई राष्ट्रवादी तत्वहरुलाई – अ.त (अराष्ट्रिय तत्व) भनिरहे । यो वर्ग अहिले बडो धनाड्य र सुसम्पन्न वर्ग भएको छ । यो वर्ग यहा“ प्रजातन्त्र आउने वित्तिकै अस्तित्वहीन भएर जान्छ । यो एउटा वर्ग र बाहिरबाट विदेशी प्रभावमा परेको अर्को, यी दुईटाको ठूलो गठबन्धन यहा“ भइरहेको छ –देशमा शोषण गर्न र राष्ट्रियतालाई कमजोर पार्न ।
मलाई यता दुई तीनवटा कुरोको बडो घत लाग्दो अनुभव भएको छ। एउटा प्रधानमन्त्री सूर्यबहादुर थापा र राजा । राजापछि सबभन्दा ठूलो शासनको स्थानमा बसेका प्रधानमन्त्री थापा । अहिले परराष्ट्र नीतिका सम्बन्धमा राजाद्धारा जतिजति कुरा भनिया छ, जतिजति अप्ठ्यारो कुरा राजाबाट बोलिएको छ –त्यसमा प्रधानमन्त्रीले सघाउ पु¥याएको छैन । राजबाट रुसद्धारा, अफगानिस्तानमा गरेको हस्तक्षेपका सम्बन्धमा जहा“तही, कटु आलोचना भएको छ । तपाई“हरुले प्रधानमन्त्रीले बोल्या कहिले सुन्नु भएको छ ?त्यस्तै कम्पुचियाको सम्बन्धमा पनि छ । यसले कसलाई मर्का पर्ने हो ? राजाद्धारा मर्का पर्ने कुरा बोलिदै छ भने प्रधानमन्त्री बोल्दैनन् । राजाबाट भनिन्छ –शान्तिक्षेत्र चाहिया छ । राजा आफ्नै दृष्टिबाट राष्ट्रको निम्ति केही बोल्छन आÏनो दृष्टिकोण प्रस्तुत गर्दैछन् भने प्रधानमन्त्री के गर्दैछन्? त्यसो भए उनी प्रधानमन्त्री कसरी भए भन्ने कुरा तपाईहरुलाई लाग्दो हो । प्रधानमन्त्री त राजाले नियुक्ति गरेको हो । त्यो कसरी भयो? एउटा घतलाग्दो कुरा यहा“का विद्यार्थीहरुले सुन्नु पर्ने छ । विद्यार्थी आन्दोलन चल्दछ – त्यसले गर्दा हामीलाई जनमत संग्रह प्राप्त भयो, यसो भयो, उसो भयो, भनिन्छ । म त केबल समस्याको प्रकृतिलाई हेर्ने गर्दछु । म देख्दछु त्यसको सबैभन्दा ठूलो प्राप्ति हो सूर्यबहादुर थापा । त्यत्रो ठूलो आन्दोलनबाट त आन्दोलनकारी पो त स्थापित हुनुपर्ने, तर त्यहा“ तिनीहरु स्थापित भएनन् ,स्थापित को हुन्छ भने सूर्यबहादुर थापा । थापाको निम्ति आन्दोलन गरेजस्तो पो प्रमाणित भयो । कति विद्यार्थीहरु मरे, अपाङ्ग भए, थुनिए यातना पाए। ती सबैले सूर्यबहादुरलाई ल्याउन गरेको म भन्दिन“ । तर त्यस्तो प्रमाणित हुन गयो । आन्दोलन हुन्छ भुट्टोलाई लिएर । तपाईलाइ थाहा छ? हाम्रा मान्छे मारिदा आन्दोलन हु“दैन । त्यसभन्दा १५ दिन अगाडि य“हीका देशभक्तहरु मारिए, झुन्ड्याइए, गोलीका सिकार भए –यज्ञबहादुर थापा , भीमनारायाण श्रेष्ठ। तिनीहरुका बारेमा कही केही हुदै“न । आन्दोलन भुट्टोको कारणबाट प्रारम्भ हुन्छ र अन्त्य हुन्छ सूर्यबहादुर थापाको स्थापनामा ।
अर्काे कुरा भनिन्छ, किसानले आन्दोलन गरे । किसानले आन्दोलन गरेको भए मालपोत कहा“ रोकियो ? कुन ठाउ“मा किसान किसान भएर उभिए ?कुन ठाउ“मा मजदुर मजदुर भएर उभिए ?कुन ठाउ“मा मजदुरले हड्ताल गरे? कहा“ यातायात रोकियो? यातायात रोकियो भने पनि तिनीहरुले बाटो छेकेनन्। बस यातायात कर्मचारीले कही“ सहयोग गरेनन् । तर नाउ“ चाहि दिया छ –ठूलो बडो ठूलो–किसान आन्दोलन मजदुर आन्दोलन भनेर । मेरो दृष्टिमा यसको लक्ष्य अर्कै ह“ुदो हो । तर प्राप्ति भने सूर्यबहादुर थापालाई भएको छ । यदि मेरो विश्लेषण सही हो भने जुन दिन सूर्यबहादु्र थापा जानुपर्ने खण्ड आउ“छ त्यस बखत यो भन्दा ठूलो आन्दोलन हुन्छ । त्यो भन्दा ठूलो किसान, मजदुर र विद्यार्र्थीको आन्दोलन फेरी हुन्छ। यो तत्व कुन तत्व हो ? अर्काे कुरा , हालै राजाको सबभन्दा सम्माननीय अतिथि राजकीय भ्रमणमा आएका थिए –प्रिन्स चाल्र्स–व्रिटेनका उत्तराधिकारी । त्यसदिन काठमाडौ“ सम्पूर्ण बन्द हुन्छ। त्यो कसले गरायो? त्यत्रो हड्ताल गराउने शक्ति कसको छ? विद्यार्थीहरुलाई सोध्दछु – के विद्यार्थीहरुले गराए?म सोध्दछु– हामीहरुले गराएको? कसले गरायो त ?राजाबाट भयो ? बोलाएर आफ्नो अथितीको असम्मान गर्ने काम राजाबाटै भयो? कसले गरायो ? यी सब कुरा जबसम्म हामी बुझ्दैनौ, जबसम्म यी सब कुराको विश्लेषण हामी गर्दैनौ“ तबसम्म हामीहरु एउटा अव्यवहारिक मात्र होइन,केबल किताबी कुराहरु मात्रै, आदर्शका कुरा मात्र गर्न थाल्दछौ“ । त्यसकारण हामीहरुले विचार गर्नु परेको छ –जब हामी मेलमिलापको कुरा गर्दछौ“–कुन परिस्थितीमा हामीहरुले मेलमिलापको नीति लिनु परेको थियो ? भारतमा बस्दाखेरी जुन कुरा हामीले महसुुस गरेका थियौं । त्यो प्रमाणित हुदै“छ ।
एउटा ठूलो षड्यन्त्र, देशलालाई समाप्त पार्ने षड्यन्त्र भैरहेको छ । अर्काे उदाहरण अहिले उपयुक्त छ, छैन । धेरै ठाउ“मा आन्दोलन भएका छन् । धेरै ठाउ“मा सशस्त्र क्रान्ति भएका छन् र हुदै“छन् । कुन ठाउ“को अहिले सशस्त्र क्रान्ति, अमेरिकाको मद्दत या रुसको मद्दत नभै कहीं भएको छ?जति पनि अहिले क्रान्तिका कुरा चलेका छन् –त्यसमा हतियार या त रुसले दिएको छ, आफ्नो समर्थकद्धारा, या अमेरिकाले दिएको छ । तपाई एल सल्वाडोरलाई हेर्नुस्, जहा“ पनि हेर्नुस् , या इथियोपियालाई हेर्नुस्–त्यहा“ त रुस आइसकेको छ । जब हामी बम, गोली र बन्दुृकका कुरा गर्दछौ“ त्याmे कुन परिप्रेक्ष्यमा कुरा गरिरहेका छौ“, त्यो पनि बुझ्नु पर्दछ । म तपाईंहरुलाई अर्काे कुरा भन्न चाहन्छु – अन्तराष्ट्रिय जगतमा हालै एउटा ठूलो घटना घट्यो । त्यसबाट हामीले सबक सिक्नु परेको छ । त्यो सबक हो – इरानको । इरानमा घटेको उथलपुथलका घटना क्रान्तिले इरानका शाहलाई हटायो मस“ग पनि शाहको कुरा भएको थियो –त्यस सम्बन्धमा मैले धेरैपटक भनिसकेको छु । फेरी दोहो¥याउनु आवश्यक छैन । शाह गए । तर शाहको ठाउ“मा को आयो ?शाहभन्दा बढी तानाशाह आयो । शाहको त देश थियो उनलाई त देशप्रति ममता थियो र त्यसको जिम्मेवारी पनि उनी लिन्थे । वर्तमान शासक –खुमैनी त जिम्मेवारी पनि लिदैनन् । प्रधानमन्त्री एउटालाई बनाइदिएको छ । आफुभन्दा बडो त्यागी, तपस्वी भन्छन् । सबैले मेरो खटनमा हिड्नुपर्छ भन्छन् । उनलाई चुनावमा उभिनुपरेको छैन । चुनावमा बानीसद्रलाई उभिनु परेको छ , रेगालाई उभिनुपरेको छ । उनी दुईटैलाई लडाएर बसेका छन् । त्यसको परिणाम के भइरहेको छ – जति अत्याचार पहिले थियो त्योभन्दा सयगुणा बेसी अत्याचार अहिले भइरहेको छ, इरानमा । त्यो पनि हामीले हेर्नुपरेको छ । त्यहा“ शाह ग एभनेर ताली पिट्दा शाहको ठाउ“मा को आयो भन्ने कुराको विचार पनि हामीले गर्नुपरेको छ । एउटा लडाई“ संघर्ष पनि चलिरहेको छ त्यहा“–अब यो कसको हातमा जाने? अमेरिकाको हातमा जाने या रुसको हातमा ?
एउटा अर्काे कुरा भन्न चाहन्छु –नेपालमा त्यस किसिमको समस्या आयो भने, त्यत्रो ठूलो अशान्ति हाम्रँे मुलुकले व्यहोर्न सक्दैन –लडाइ“को, संघर्षको न आर्थिक रुपले न सामरिक रुपले । त्यस्तो किसिमको आन्दोलन, त्यस्तो किसिमको अशान्ति, त्यस्तो किसिमको अस्थिरता यो देशले व्यहोर्न सक्दैन । यसको व्यहोर्ने क्रम सकियो भने बाहिरबाट कुनै शक्ति आएर हामीलाई थिचिराख्छ । त्यसकारण यसबारे पनि सवक सिक्नु परेको छ । यो सबक राजाले पनि सिक्नु परेको छ ।
यो कुरा मैले धेरै ठाउ“मा भनिसकेको पनि छु । मैले राजास“ग दर्शन भेट पाउ“दा भनेको थिए“– देश बचाउने ठूलो जिम्मेवारी सरकारमा छ । सरकारको आÏनो स्वार्थले गर्दा पनि देशलाई बचाउनु पर्छ । देश बाचे“न भने सरकार कहा“ जाने ? कुन ठाउ“मा जाने? मेरो त विराटनगरमा खेती छ,केही लागेन भने खेत जोतेर बस्छु । कुनै अर्काेको नागरिक भएर अर्कालाई भोट दिन जान्न । तर सरकारले के गर्ने?
हालैमा पनि हामीले देखेका छौ“ । सिक्किममा चोग्याल हटे । के प्रजातन्त्र आयो त्यहा“ ?अस्ति विर्तामोडको मिटिङमा तीनजना सिक्किमका मानिस आएका थिए । चोग्याललाई हटाउनमा बडो ठूलो भूमिका थियो तिनीहरुको । सानो मुख लगाएर बसिरहेका थिए। मलाई भेटेर भने –हामीहरुले त जानेनांै । चोग्यालले एकातिर दमन गरिरहेका थिए भने अर्काेतिर उनको कोशिस थियो–युनाइटेड नेशन्सको सदस्य बनु“। नेपालस“ग अलिकति सन्धीमा बल गरौं, चीनस“ग पनि अलिकति राम्रो सम्बन्ध गरौं र आÏनो स्वार्थको निम्ति पनि देशलाई अलिकति बनाउ“ । त्यहा“को जनताले उनलाई फ्या“क्नु पर्छ भने । अनि चुनावपछि उनलाई Ïया“के पनि । Ïया“केर अनि भने – भारतमा हामी भयौं, , भारतको युनियनमा हामी गाभियौं । अब चोग्यालको ठाउ“मा हिन्दुस्तान आएर हामी तिनीहरुको खटनमा छौ“, भन्दछन्। मैले त्यसलाई दा“जेको होइन । किनभने यहा“को स्थिती उस्तै छैन , हमेशादेखि स्वतन्त्र भएको हुनाले नेपालको अस्तित्व अर्कै प्रकारको छ । तर त्यस्ता किसिमका घटना भारतबाट नहोस् या नजानिंदो किसिमबाट अमेरिकाको पोल्टोमा नजाउ“ । तर त्यो पनि समस्या हाम्रो अगाडि आइसकेको छ । यी सब कुरा हाम्रा कार्यकर्ता साथीहरुले बुझ्नु परेको छ ।
हामी कुनै नारा दिन्छौं भने त्यो कुरालाई पनि सोच्नु परेको छ कि त्यस्ता नाराको असर के पर्छ ? कतापट्टी हामीलाई त्यसले पु¥याउ“छ? हामी प्रजातन्त्तवादीले अरु कुरा विर्सिदियौं भने जुन माटोमा हामी उभिएका छौं, त्यो माटो नै अर्काको जिम्मामा जाने सम्भावना छ । त्यो कुराको पनि हामीले विचार गर्नुपरेको छ ।
अहिले हामीले जुन मिटिङ ग¥यौं , भाषण दियौं कार्यकर्ताहरुको सामुन्ने– एउटा राजनीतिक चेतना यसले ल्याएको छ । एउटा प्राप्ति हामीहरुलाई भएको छ । यो कसरी भयो ? के आधारबाट भयो ?यो गर्न सक्यौं? किन पहिले गर्न सक्दैन थियौं ?विद्यार्थीकै आन्दोलनको कुरा गरौ“ । पहिले पनि हरेक एक वर्ष, दुई वर्षमा विद्यँर्थी आन्दोलन हुन्थे । किन दुई वर्ष पहिलेको आन्दोलनले त्यत्रो उग्ररुप लियो ?यसमा एउटा कुृरा मलाई लाग्दछ , मेलमिलापको कुराले जुन आधार तयार भएको छ, त्यसमा जुनसुकै काम पनि राजनीतिक अर्थमा गर्दा त्यसको महत्व बढ्दै जान्छ । एउटा गोलीलाई हातले Ïया“क्दा न चरो मर्छ न भ“गेरो । तर त्यही गोलीलाई तपाई“ले राइफलमा हालेर हालेर प्रयाग गर्नुभयो भने त्यसले ठूलाठूला सिकार हुन सक्दछ । पहिलेको विद्यार्थी आन्दोलन त्यही हातले गोली Ïया“केको आन्दोलन थियो । त्यो गोली राईफलमा भरिएको थिएन । डेढवर्ष पहिले विद्याथी आन्दोलनमा चांहि गोली राईफलमा भरिएको थिएन, त्यो केवल राइफल थियो ।
हामीहरु पहिले बोल्न सक्दैन थियौं । अहिले कुन आधारमा बोल्न थालेका छांै भन्दा त्यसको पनि आधार एउटै हो – त्यो यहा“ संघर्ष गर्ने तत्वहरुको निम्ति पनि, हामीहरुको निम्ति पनि, जो यतिका दिनदेखि संघर्ष गरिरहेका छौं– हाम्रो हातमा पनि त्यही एउटै हतियार छ –मेलमिलापको हतियार–त्यो छाता हामीहरुले छोड्नु हुदै“न। नत्र वर्षा पनि हामीमाथि नै र घाम पनि हामीहरुमाथि नै पर्ने छ । त्यसैले यो रक्षा गर्ने जुन छाता छ त्यसलाई हामीले छोड्नु हुदै“न । मैले आफ्नो मेलमिलापको र राजाको भूमिकाको सम्बन्धमा र अहिले कुन समस्या उपस्थित भएको छ, त्यसका बारेमा भनें ।
अब हामीले समसामयिक र तात्कालिक जो समस्या छ, त्यसका बारेमा एउटा सानो कुरा भन्नु परेको छ । यो अहिलेको स¬ंविधानका सम्बन्धमा मलाई साथीहरुले धेरै आतिएर भन्दछन् –होइन ९ गते त उम्मेदारी दर्ता गर्ने दिन भैसक्यो त्यसमा तपाईंहरुले भने कुनै निर्णय नै लिनु भएको छैन । मैले भन्ने गरेको छु –आÏनो निर्णय हामी आÏनो समयमा लिन्छौं । अर्काले समय हाम्रा निम्ति निर्धारित गर्दछ

nema
Show More

Related Articles

Back to top button